हरि बहादुर सारुमगर
पाल्पा २८ फागुन
राष्ट्रिय स्वाधिनताको रक्षा र समयमै संबिद्यान निर्माणको लागी दवाब दिन नेकपा माओवादी नेकपा एकिकृत र क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले पाल्पामा कार्यगत एकता गरी आन्दोलनको घोषणा गरेका छन्।
नेकपा माओवादी र नेकपा एकिकृतले तानसेनमा संयुक्तरुपमा पत्रकार सम्मेलन गरी पहिलो चरणको लागी फागुन २८ गते सदरमुकाम तानसेनमा मसाल जुलुस गर्ने चैत्र १ गते जिल्ला प्रशासन कार्यालयमा धर्ना चैत्र ५ गते बिद्युत प्राधिकरण घेराउ चैत्र २२ गते सदरमुकाम तानसेनमा मोटरसाईकल र् याली चैत्र २३ गते पुन मसाल जुलुस २४ गते नेपाल बन्द गर्ने जस्ता सर्घषका कार्यक्रम घोषणा गरीएको जनाएको छ।

नेपाल तथा विश्व समाचार












