Home नेपाल तथा विश्व समाचार माओवादीद्वारा आक्रमण, दश घाइते

माओवादीद्वारा आक्रमण, दश घाइते

E-mail Print PDF
AddThis Social Bookmark Button

काठमाण्डौं ४ जनवरी २००९ तदनुसार पुस ४ माओवादी कार्यकर्ताले पशुपतिनाथ मन्दिरको भण्डारी र स्थानीयवासीलाई आक्रमण गरेका छन । आक्रमणमा भण्डारीहरु सहित दश जना घाइते भएका छन । आन्दोलनमा उत्रिएका मन्दिरका भण्डारीहरुले आइतबार पशुपतिनाथ मन्दिर परिसरमा पत्रकार सम्मेलन गर्न लाग्दा करीब सय जनाको संख्यामा पुगेका माओवादी कार्यकर्ताले आक्रमण गरेको घाइतेहरुको कितानी दावी छ ।

माओवादी आक्रमणबाट हरिहरमान राजभण्डारी केदारमान राजभण्डारी सरोज कर्माचार्य लगायतका दश घाइते भएका छन । आक्रमणमा नेपाल टेलिभिजका क्यामराम्यान टेक बहादुर खडका समेत घाइते भएका छन । माओवादी कार्यकर्ताहरुले अद्धालतको आदेश मान्दैनौ राजालाई तिमीहरु को हौं भन्दै आफूहरुमाथि आक्रमण गरिएको घाइतेहरुले जनाएका छन । सरकारले भारतीय मूलका मूलपुजारी महावलेश्वर भट्ट तथा पुजारीद्धय कृष्णयोग भट्ट र केपी रामचन्द्र भट्टले दिएको राजीनामा हालै स्विकृत गरेपछि पशुपति विकास कोषले पुस १३ गते डा विष्णु प्रसाद दाहाल शालिकग्राम ढकाललाई पुजारी नियुक्त गरेको थियो । सर्वोच्च अदालतले साविककै मूलभट्टलाई पूजा गर्न दिन अन्तरिम आदेश जारी गरेपनि कार्यान्वयन हुन सकेको छैन । माओवादीद्वारा आक्रमणबाट दश घाइते भएको सार्वजनीक भइरहदा मोओवादी सम्बद्ध उपत्यका अध्यक्ष सागरले त्यसको विरोध गरेका छन ।

 

Latest News