Home नेपाल तथा विश्व समाचार सप्तकोशीमा डुंगा दुर्घटना

सप्तकोशीमा डुंगा दुर्घटना

E-mail Print PDF
AddThis Social Bookmark Button

नॆपाल सुनसरी ४ जनवरी २००९ तदनुसार पुस ४ आइतबार बिहान कंाकड भित्ताबाट पश्चिम तर्फ आइरहेको डुंगा सुनसरीको श्रीपुर कुसाहा खण्डमा बिहान ८ बजे पल्टिएकेा हो । डुंगामा सवार केही यात्रुहरु सम्पर्कमा आए पनि धेरै हराईरहेका छन भने तीन जना यात्रुको शव फेला परेको छ । जस मध्य एक जना यात्रु ओखल्ढुंगा निवासी यल्मु राईको मात्र सनाखत हुन सकेको छ ।

डुंगामा  कत्ति जना थ्एि भन्ने एकिन नभए पनि ५० जना भन्दा बढी सवार थिए भने अनुमान गरिएको छ । डुंगामा सवार १९ जना भन्दा बढी प्रहरीको सम्पर्क आएको व्यहोरा जानकारी गराईएको छ । अन्य सवार यात्रुहरुको अवस्था जानकारीमा आएको छैन । क्षमता भन्दा बढी यात्रु सवार रहेको कारण दुर्घटना भएको प्रहरीको अनुमान छ भने चालकको दावी भने फरक छ । चालकका अनुसार नदीले बगाएर ल्याएको ठूलो काठको मुढामा डंुगा ठोक्किएर दुर्घटना भएको हो भनि दावी गरेका छन । हराइरहेका व्यक्तिहरुको उद्धारका लागि आधा दर्जन डुंगा परिचालन गरिनुका साथै स्थानीयवासी संगै जनपथ शसस्त्र प्रहरी तथा नेपाली सेना खटिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी दुर्गा भण्डारीले जानकारी दिए । स्मरण रहोस गत भदौंमा सप्तकोशीमा आएको बाढीले राजमार्ग बगाएपछि पूर्व जाने यात्रुहरु डुंगा चढेर सप्तकोशी तर्दै आएका छन ।

 

Latest News