Home नेपाल तथा विश्व समाचार फेरि देखायो एमालेले दोहोरो चरित्र

फेरि देखायो एमालेले दोहोरो चरित्र

E-mail Print PDF
AddThis Social Bookmark Button
काठमाडौँ, पुस २० गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को केन्द्रीय सचिवालयको बैठकले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले दोहोरो चरित्र निर्वाह गरेको निष्कर्ष निकालेको छ ।

सरकारको नेतृत्वमा रहेको नेकपा (एमाले)को सरकारमा रहेर पनि प्रतिपक्षीजस्तो भूमिका निर्वाह गरेको ठहर गर्दै बैठकले एमालेको दोहोरो भूमिकाकै कारण सरकार सञ्चालनमा कठिनाइ उत्पन्न भएको निचोड पनि निकालेको छ ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै केन्द्रीय सचिवालय सदस्य सीपी गजुरेलले एमाले सत्तामा रहेर पनि उसको भूमिका प्रतिपक्षी दलको जस्तो भएकाले त्यस विषयमा माओवादी पार्टी नेतृत्वले सोमबार बिहान नेकपा -एमाले)का शीर्ष नेताहरूसँग छलफल गर्ने जानकारी दिनुभयो ।

"एमालेको भूमिका एकातिर सरकार पक्षको जस्तो छ, अर्कोतिर प्रतिपक्षको जस्तो, एउटै पार्टीको त्यस्तो दुईवटा भूमिका त हुनु भएन, दुनियाँमा कहीँ पनि यस्तो हुँदैन, त्यसकारण यो कुरालाई संयन्त्रको बैठकमा गम्भीरतापूर्वक उठाउने छौँ"- नेता गजुरेलले भन्नुभयो ।

आइतबार बसेको सचिवालयको बैठकमा प्रधानमन्त्रीले सदनमा सम्बोधन गरी अवरुद्ध सदन सुचारु गर्ने, स्थानीय निकायको गठन विषयमा अन्य दलसँग छलफल गर्ने र एकता केन्द्र मसालसँगको पार्टी एकता यसै हप्ताभित्र गर्नेबारे छलफल केन्दि्रत रहेको जनाइएको छ ।

यसैगरी बैठकले नेकपा एकता केन्द्र मसालसँगको एकता प्रक्रियालाई यसै महिनाभित्र टुङ्ग्याउने सहमति पनि गरेको छ । विषयलाई पूर्णता दिन माओवादी केन्द्रीय समितिको बैठक यही पुस २७ गते बस्ने, २८ गते दुवै दलको केन्द्रीय कमिटीको संयुक्त बैठक बस्ने र २९ गते एकीकरणको घोषणा गरिनेसमेत निर्णय गरेको जनाइएको छ ।

यसैगरी नेकपा (माले) केन्द्रीय संयोजन समिति र नेकपा एकीकृतसँग पनि एकता प्रक्रिया अगाडि बढाउनेबारेमा छलफल भएको बताइएको छ ।

नेता गजुरेलले नेपाली सेनाका प्रधानसेनापति रुक्माङ्गत कटवाललाई सो पदबाट हटाउने पार्टीले कुनै निर्णय नगरेको पनि एक प्रश्नको उत्तरमा बताउनुभयो ।
 

Latest News