Home नेपाल तथा विश्व समाचार पशुपतिका पूर्व भट्टहरू भन्छन् : नेपाली पूजारी नै हुनुपर्छ

पशुपतिका पूर्व भट्टहरू भन्छन् : नेपाली पूजारी नै हुनुपर्छ

E-mail Print PDF
AddThis Social Bookmark Button
काठमाडौँ, पुस २० गते । पशुपतिनाथस्थित वासुकी मन्दिरका दक्षिणात्य भट्ट के.पी. रामचन्द्र भट्टले नयाँ नेपालको नयाँ संविधानको सबैले पालना गर्नुपर्ने बताउनुभएको छ ।

वासुकीनाथको भट्टबाट स्वेच्छाले हालै राजिनामा दिई नाथमा नेपाली नवनियुक्त भट्टलाई दीक्षा दान गरी मन्दिरको साँचो हस्तान्तरण गर्न अहं सहयोग गर्नुभएका भट्ट केपी रामचन्द्रले पुरानो संविधानका बेला आˆनो नियुक्ति भए पनि पुरानै संविधानबाट आˆनो बहिर्गमन निकास खोज्न न्याय सङ्गत नहुने बताउनुभयो ।

गोरखापत्रसँग कुरा गर्दै उहाँले नेपाली भट्ट पनि पूजाका लागि योग्य छन् । दीक्षा दिए उनीहरूबाटै पूजा सम्पन्न हुने धारणा व्यक्त गर्दै भट्ट केपी रामचन्द्रले आफू दुई वर्षअघि नै राजिनामा दिन तयार भए पनि अस्थिर र अव्यवस्थित सरकारका कारण त्यतिबेला इच्छा पूरा नभएको बताउनुभयो ।

"अहिले राजिनामा दिने उपयुक्त वातावरण रहृयो अनि राजिनामा दिएका हौँ, यो हाम्रो स्वेच्छिक हो, दबाब होइन", भट्ट केपी रामचन्द्रले भन्नुभयो ।

"म २०३७ सालमा ३० वर्षको उमेरमा यहाँ आएको हुँ, यो ठाउँ मलाई धेरै प्यारो भइसक्यो तर पनि छोड्नैपर्छ । मैले यसो भए पनि म वर्षको एकपटक यहाँ आउने प्रयास गर्नेछु", उहाँले भन्नुभयो ।

नयाँ भट्ट नियुक्ति गडबड छ भन्न एकथरि खोजिरहेका छन् । यो पटक्कै राम्रो होइन । नेपालकै पुजारी हुनुपर्छ भन्ने मेरो चाहना छ-उहाँले भन्नुभयो ।

उहाँले आफू घर र्फकंदा केरला र कर्नाटक राज्यबीचको मेङ्लोरमा र्फकने बताउँदै नेपालमा धेरै वर्ष बसेकाले दाजुभाइले अंश दिने स्थिति छैन, त्यसैले मेरो सेवा सम्झेर नेपाल सरकारले भारतमा घर बनाउन आर्थिक सहयोग गरिदेओस् भन्ने इच्छा छ- उहाँले भन्नुभयो ।

उहाँले भन्नुभयो- परिवारसँग पनि तीन वर्ष सम्पर्क हुन सकेको छैन, ५८ वर्ष पुगेँ, नेपाल सरकारले कम्तीमा बसोवासको प्रबन्ध गरिदेओस् ।
 

Latest News