Home नेपाल तथा विश्व समाचार सर्वोच्चको न्यायाधीशका लागि दश नाम सिफारिस

सर्वोच्चको न्यायाधीशका लागि दश नाम सिफारिस

E-mail Print PDF
AddThis Social Bookmark Button

काठमाडौंपुस २१ - न्याय परिषद्‌ले सर्वोच्च अदालतमा रिक्त रहेको न्यायाधीश पदका लागि १० जनाको नाम संसदीय सुनुवाइ विशेष समितिसमक्ष पेश गर्ने निर्णय गरेको छ । प्रधानन्यायाधीश केदारप्रसाद गिरीको अध्यक्षतामा सोमबार सम्पन्न परिषद्‌को बैठकले सर्वोच्च अदालतमा रिक्त रहेका न्यायाधीश पदमा न्यायसेवामा रहेका छ न्यायाधीश र चार वरिष्ठ अधिवक्ताको नाम सिफारिस गर्ने निर्णय गरेको हो । सुनुवाइपश्चात् समितिले सिफारिस गरिएका नामहरू प्रधानन्यायाधीशलाई पठाउने छ ।

परिषद्‌को बैठकले विभिन्न पुनरावेदन अदालतला मुख्य न्यायाधीशहरू कृष्णप्रसाद उपाध्याय, प्रेम शर्मा, रणबहादुर बम, मोहनप्रकाश सिटौला, अवधेशकुमार यादव र गिरीशचन्द्र लाललाई सर्वोच्चमा लाने निर्णय गरेको हो । वरिष्ठ अधिवक्ताहरू प्रकाश वस्ती, भरतराज उप्रेती, विपुलेन्द्र चक्रवर्ती र महिलाबाट सुशिला कार्कीको नाम पनि सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गरिएको हो । न्याय परिषद्का सदस्य मोतीकाजी स्थापितको राजीनामाको विषयलाई लिएर न्याय परिषद्‌को बैठक लामो समयदेखि बस्न सकेको थिएन । कानुनमन्त्री देव गुरुङले स्थापितको राजीनामा मागेपछि उनीहरूबीच उत्पन्न विवादले परिषद्‌को काम कार्वाही प्रभावित भएको थियो ।

 

Latest News