काठमाडौं , पुस २१ - माओवादी जनमुक्ति सेनाले आफ्ना लडाकुलाई नेपाली सेनासरह सेवासुविधा दिनुपर्ने माग गरेको छ । राजधानीको नयाँबजारमा सोमबार बसेको जनमुक्ति सेनाको जनरल स्टाफ बैठकले शान्ति सम्झौतामा माओवादी सेनालाई पनि नेपाली सेना सरह मान्यता दिइएको भन्दै सोबमोजिम सेवासुविधा पाउनु पर्ने माग गरेको हो । सरकारसँग नेपाली सेना सरह सुविधा माग गर्ने निर्णय भएको माओवादी सेना प्रमुख नन्दकिशोर पुनले जानकारी दिए ।
जाडोको कारण शिविरमा रहेका लडाकुको जीवन कष्टकर भएको भन्दै तत्काल लत्ताकपडा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराइएको र जनसेना दिवसको अवसरमा खेलकुदलगायतका विभिन्न प्रतियोगिता संचालन गर्ने निर्णय गरेको पनि पुनले बताए ।
शनिबार बसेको जनरल स्टाफ बैठकले फागुन १ गते नवपरासीको झ्यालढुंगाडाँडास्थित चौथो डिभिजन बिग्रेड मुख्यालयमा जनसेना दिवस मनाउने निर्णय गरेको थियो ।