Home नेपाल तथा विश्व समाचार मगर विद्यार्थीकॊ राष्ट्रिय भेला घोराहीमा

मगर विद्यार्थीकॊ राष्ट्रिय भेला घोराहीमा

E-mail Print PDF
AddThis Social Bookmark Button

दाङ २० पुस । नेपाल मगर सङ्घको राष्ट्रिय विस्तारित भेला आगामी माघ ११ र १२ मा घोराहीमा हुने भएको छ । ुवैज्ञानिक व्यवहारिक र बहुभाषिक शिक्षाप्रणाली आजको आवश्यकता मगराँत स्वायत्तताको पक्षमा राष्ट्रिय विस्तारित भेलाु भन्ने मुल नाराकासाथ घेला हुने संघले घोराहीमा आईतबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।

भेलाका लागि सङ्घका केन्द्रीय सदस्य देविका जिएमको संयोजकत्वमा १ सय १ सदस्यीय मुल व्यवस्थापन समिति गठन गरेको छ । व्यवस्थापन समितिमा स्वयंसेवक परिचालन प्रचार प्रसार आर्थिक साँस्कृतिक तथा झाँकी जनसम्पर्क तथा परिचालनलगायतका ११ वटा विभिन्न उप-समितिहरु पनि गठन गरिएको छ । भेला सफलताको लागि स्थानीय स्तरमा पनि विभिन्न उप-समितिहरुको गठन गरिएको छ ।

पत्रकार सम्मेलनमा संघका केन्द्रीय अध्यक्ष भोजविक्रम बुढामगरले विस्तारित भेलामा संगठनका गतिविधिहरुको समिक्षाका साथै नयाँ नीति कार्यक्रम तय गरिने बताउनुभयो । उहाँले संविधान निर्माण प्रकि्रयामा सबै जातजाती क्षेत्र लिङ्ग र उत्पीडित उपेक्षित समुदायका सवाललाई समेट्नुपर्ने राज्यपुनःस्ररचनामा मगराँत स्वायत्त गणराज्यको व्यवस्था गरिनुपर्ने संगठनको माग रहेको पनि जानकारी गराउनुभयो । जाती भाषा र क्षेत्रको आधारमा राज्यपुनःस्ररचना गरिनुपर्ने चर्चा गर्दै बुढामगरले स्वायत्त गणराज्यमा जनसंख्याको आधारमा सबै जातीको पूर्ण समानुपातिक प्रतिनिधित्व हुनुपर्ने बताउनुभयो ।

 

Latest News