Home नेपाल तथा विश्व समाचार मधेशी पार्टीको विवाद छताछुल्लः मन्त्री बर्खास्तीको माग

मधेशी पार्टीको विवाद छताछुल्लः मन्त्री बर्खास्तीको माग

E-mail Print PDF
AddThis Social Bookmark Button

२२-पुस-२०६५,मंगलवार

 

काठमाडौं। मधेसी जनअधिकार फोरमका असन्तुष्ट पक्षका सरकारमा सहभागी चारजना मन्त्रीलाई सरकारबाट फिर्ता पठाउन प्रधानमन्त्रीलाई पत्र पठाएको छ। फोरम असन्तुष्ट पक्षका नेताहरुले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री पदबाट फिर्ता पठाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र पठाएको जानकारी दिएका हुन्।
 

फोरमका ५२ सभासदमध्ये दुई तिहाई अर्थात ४० जना सभासदले हस्ताक्षर गरेर सरकारमा सहभागी चारजना मन्त्रीलाई तत्काल फिर्ता पठाउन माग गरेका हुन्। पार्टीबाट सहभागी चारजना मन्त्रीले पार्टीको मर्म अनुसार काम गर्न नसकेको, पार्टीको राजनीतिक प्रतिष्ठा घटाएको भन्दै तत्काल सरकारबाट फिर्ता पठाउन प्रधानमन्त्री प्रचण्डलाई पत्र पठाएको असन्तुष्ट नेताहरुले जनाएका छन्।
 

फोरमका अध्यक्ष उपेन्द्र यादव, रेणुकुमारी यादव, जेपी गुप्ता, विजयकुमार गच्छदार सरकारमा सहभाग काठमाडौं। मधेसी जनअधिकार फोरमका असन्तुष्ट पक्षका सरकारमा सहभागी चारजना मन्त्रीलाई सरकारबाट फिर्ता पठाउन प्रधानमन्त्रीलाई पत्र पठाएको छ।
 

फोरम असन्तुष्ट पक्षका नेताहरुले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री पदबाट फिर्ता पठाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र पठाएको जानकारी दिएका हुन्। फोरमका ५२ सभासदमध्ये दुई तिहाई अर्थात ४० जना सभासदले हस्ताक्षर गरेर सरकारमा सहभागी चारजना मन्त्रीलाई तत्काल फिर्ता पठाउन माग गरेका हुन्।
 

पार्टीबाट सहभागी चारजना मन्त्रीले पार्टीको मर्म अनुसार काम गर्न नसकेको, पार्टीको राजनीतिक प्रतिष्ठा घटाएको भन्दै तत्काल सरकारबाट फिर्ता पठाउन प्रधानमन्त्री प्रचण्डलाई पत्र पठाएको असन्तुष्ट नेताहरुले जनाएका छन्।
फोरमका अध्यक्ष उपेन्द्र यादव, रेणुकुमारी यादव, जेपी गुप्ता, विजयकुमार गच्छदार सरकारमा सहभागी छन् ।

 

Latest News