Home नेपाल तथा विश्व समाचार नेपाल सरकारलाइ उपनिर्वाचनको मिति तोक्न निर्देशन

नेपाल सरकारलाइ उपनिर्वाचनको मिति तोक्न निर्देशन

E-mail Print PDF
AddThis Social Bookmark Button

 

काठमाडौं। निर्वाचन आयोगले रिक्त रहेका ६ निर्वाचन क्षेत्रमा उप निर्वाचनका लागि तत्काल सरकारले मिति तोक्नुपर्ने माग गरेको छ। आयोगले मंगलबार उपप्रधानमन्त्री वामदेव गौतम, कानुनमन्त्री देव गुरुङ र मूख्य सचिव भोजराज घिमिरेसँगको छलफलका क्रममा यस्तो बताएको हो।

 

 

पुष २७ गतेदेखि सञ्चालन गर्न लागिएको मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने कार्यका लागि सरकारसँग आवश्यक सहयोगको माग पनि गरिएको आयोग स्रोतले बताएको छ।  गत चैत्रमा भएको संविधानसभा निर्वाचनमा मोरङ क्षेत्र नं. ५ र ७, धनुषा ५, कास्की १, रोल्पा २ र कञ्चनपुर ४ गरी ६ निर्वाचन क्षेत्र रिक्त रहेका छन्।

 

Latest News