Home नेपाल तथा विश्व समाचार जन-अपेक्षा अनुसारको बन्नुपर्छ संविधान

जन-अपेक्षा अनुसारको बन्नुपर्छ संविधान

E-mail Print PDF
AddThis Social Bookmark Button

काठमाडौा, पुस २२ गते । पच्चीस दलका लागि मात्र नभई अढाई करोड नेपालीका लागि संविधान लेख्नुपर्छ भन्ने कुरामा सभासद्हरू समेत देखिनु हुन्छ ।

"जन-अपेक्षा अनुसार संविधान लेखिएन भने समस्या आउन सक्छ", संधिवानसभा नागरिक सम्बन्ध समितिले मङ्गलबार आयोजना गरेको संविधान लेखनसम्बन्धी छलफल कार्यक्रममा सभासद्हरूले भन्नुभयो ।

 

सभासद् खिमलाल देवकोटाले जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनको भावनालाई ख्याल राखेर संधिवान लेख्नुपर्ने बताउनुभयो ।

कार्यपत्र प्रस्तुत गर्दै उहााले भन्नुभयो, "बढीभन्दा बढी जनतालाई केन्द्र मानेर संविधान निर्माण गरेमात्र सर्वस्वीकार्य संविधान बन्न सक्छ ।"

सभासद् पुष्पा भुसालले जनअपेक्षा अनुसारको सहभागितामूलक संविधान आजको आवश्यकता भएको बताउनुभयो ।

"यो नै अहिलेको प्रमुख चुनौती पनि हो, जनताको अपनत्व संविधानमा हुनैपर्छ । नत्र जनताको संविधान बन्न सक्दैन ।"

सभासद् सपना मल्लले संविधान निर्माणमा प्रक्रिया महìवपूर्ण हुने भएकाले राम्रो संविधान बनाउन प्रक्रिया राम्रो हुनुपर्छ भन्नुभयो ।

सभासद् राधेश्याम अधिकारीले भने समितिहरूमार्फत संविधान निर्माणको पक्रिया अहोरात्र अघि बढिरहेको भए पनि यो कुराको जानकारी जनतामा हुन नसकेको गुनासो गर्नुभयो ।

"सभासद्हरू कामै नगरी बसेका छन् भन्ने जनतामा ठूलो भ्रम रहेको छ, यो भ्रम तत्काल चिर्नु आवश्यक छ", सभासद् अधिकारीले सञ्चार माध्यमबाट मात्र जनतामा रहेको भ्रम हटाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।

ज्येष्ठ सभासद् जगतबहादुर ताजपुरियाको अध्यक्षतामा भएको छलफल कार्यक्रममा झक्कुप्रसाद सुवेदी, रामजी शर्मा, शान्ता न्यौपानेलगायतले पनि भाग लिनुभयो ।
 

 

Latest News