Home नेपाल तथा विश्व समाचार संविधानसभा बैठक अनिश्चितकालका लागि स्थगित

संविधानसभा बैठक अनिश्चितकालका लागि स्थगित

E-mail Print PDF
AddThis Social Bookmark Button

काठमाडौं, ६ जनवरी २००९ तनदनुसार पुस २२ - संविधानसभाको मंगलबार साँझ बसेको बैठकले मातहतका १४ वटा समितिका सभापतिहरूको निर्वाचन कार्यक्रम परिवर्तन गरेको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकले समितिका सभापतिहरूको निर्वाचन पुस २९ गते बिहान आठ बजे गर्ने निर्णय गरेको थियो । त्यसैगरी संविधानसभा नियमावलीको दोस्रो संशोधन गर्दै बैठकले कार्यतालिका पनि परिमार्जन गरेको छ ।

यसअघि समितिका सभापतिहरूको चयन मंसिर मसान्तभित्र गर्ने भनिएकोमा दलहरूबीचको सहमतिले पुस १५ र पुस २५ गतेका लागि सारिएको थियो । समितिका सभापतिहरूको निर्वाचन सरेको यो तेस्रो पटक हो । कार्यतालिका परिवर्तन गरे लगत्तै संविधानसभा बैठक अनिश्चितकालसम्मका लागि स्थगित भएको छ । यसैबीच व्यवस्थापिका संविधानसभाको बैठक बुधबार अपराह्ण तीन बजेसम्मका  लागि सूचना टाँस गरी स्थगित गरिएको संसद्‌सचिवालयले जानकारी गराएको छ ।
यसअघि छात्रावृत्ति विधेयकमा साना दलको माग संबोधन गरी मंगलबारदेखि सदन संचालन गर्न प्रमुख दलहरू सहमत भएपनि बैठक बस्न सकेको  थिएन । कार्यव्यवस्था परामर्श समितिको बैठकले व्यवस्थापिका संसद्अन्तर्गतका समितिका सभापतिहरूको निर्वाचन पुस २९ गते बिहान १० वजे गर्ने निर्णय गरेको छ । समितका सभापतिहरूको चयन हुन नसक्दा संविधाननिर्माण प्रक्रिया प्रभावित हुँदै आएको छ ।

 

Latest News