Home नेपाल तथा विश्व समाचार प्रधानमन्त्रीलाई राप्रपा नेपालको ज्ञापनपत्र

प्रधानमन्त्रीलाई राप्रपा नेपालको ज्ञापनपत्र

E-mail Print PDF
AddThis Social Bookmark Button
काठमाडौं, ६ जनवरी २००९ तनदनुसार पुस २२ - राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले मुलुकमा शान्ति, स्थायित्व र समृद्धि सुनिश्चित नभएकोमा चिन्ता व्यक्त गर्दै मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष ज्ञापनपत्र बुझाएको छ । राष्ट्रियता र प्रजातन्त्रको सुदृढीकरणका लागि भन्दै बुझाइएको १६ बुँदे ज्ञापनपत्रमा राप्रपा नेपालले मुलुकमा भइरहेको अपहरण, हत्या र चन्दाआतंक तत्काल रोकी भयरहित वातावरणमा बाँच्न पाउने जनताको हक स्थापित गर्न आग्रह गरेको छ ।

त्यसैगरी माओवादीद्वारा कब्जा गरिएका सम्पत्ति फिर्ता, द्वन्द्व विस्थापितहरूलाई पुर्नस्थापना, पशुपति मन्दिरमा पुजारी विवाद समस्या समाधान, नित्य पूजा संचालनमा सर्वोच्चको आदेश पालना गर्नपनि माग गरिएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाद्वारा हस्ताक्षरीत सो पत्रमा सहमतिका आधारमा स्थानीय निकाय गठन, लोडसेडिङ् अन्त्यको उपाय तत्काल अवलम्बन गर्नुपर्ने, महंगी नियन्त्रण तथा निजी शैक्षिक संस्थामा लगाइएको पाँच प्रतिशत कर खारेजीको माग पनि गरिएको छ । ज्ञापनपत्र प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बुझाइएको थियो । राप्रपा नेपालले आफ्ना मागहरूलाई लिएर मंगलबार राजधानीमा प्रदर्शनसमेत गरेको थियो ।
 

Latest News