Home नेपाल तथा विश्व समाचार माओवादीभित्र मन्डले चरित्र बढेको मातृकाको दाबी

माओवादीभित्र मन्डले चरित्र बढेको मातृकाको दाबी

E-mail Print PDF
AddThis Social Bookmark Button

भैरहवा, ६ जनवरी २००९ तनदनुसार पुस २२ - माओवादी नेता मातृका यादवले आफ्नै पार्टीको नेतृत्वमा बनेको सरकारले जनताको चाहनाअनुरूप काम गर्न नसकेको र सत्तामा गएपछि माओवादी नेतामा पनि दिन प्रतिदिन सुविधाभोगी चरित्र देखापरेको आरोप लगाएका छन् ।

 

नेपाल क्रान्तिकारी पत्रकारसंघ रुपन्देहीद्वारा भैरहवामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी सरकारमा सहभागी भएपछि सबै समस्या समाधान हुने भन्ने जनताको विश्वासमा तुषारापात भएको जिकिर गरे । जनचाहना पूरा गर्न अर्को विद्रोहको आवश्यकता रहेको भन्दै नेता यादवले आफ्नै पार्टीभित्र पनि नेताहरुमा भ्रष्टाचार र 'तस्करी' मौलाएको दाबी गरे । भ्रष्ट्राचारी र तस्करहरूलाई कार्वाही गर्न नसके पार्टी पनि डुब्ने दावी उनको थियो । माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री बनेपछि मधेशको मागप्रति ध्यान नदिएका र कुनै एक समुदायप्रति बफादार हुन लागेकोमा आफूलाई आश्चर्य लागेको बताउँदै नेता यादवले माओवादी पार्टीभित्र पनि मन्डले चरित्र देखा पर्न थालेकोमा भन्दै चिन्ता व्यक्त गरेका छन् ।

 

Latest News