Home नेपाल तथा विश्व समाचार पशुपति मन्दिरको विवादमा कांग्रेसको चासो

पशुपति मन्दिरको विवादमा कांग्रेसको चासो

E-mail Print PDF
AddThis Social Bookmark Button

काठमाडौं, ६ जनवरी २००९ तनदनुसार पुस २२ नेपाली कांग्रेसका सभासद्हरूले पशुपतिक्षेत्रमा गएर स्थानीयवासी र भण्डारीको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् । सरकारले पशुपतिनाथको मन्दिरमा राजनीति गरेको र त्यसले सम्पूर्ण हिन्दू धर्मालम्बीको भावनामा चोट पुर्‍याएकाले कांग्रेसले त्यसका विरद्ध गरिएको आन्दोलनप्रति समर्थन जनाएको उनीहरूले बताए ।

कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले पशुपतिमा राजनीति हुनु दुःखद भएको बताए । उनले धार्मिक परम्परा र हिन्दू संस्कृतिविपरीत माओवादीले पशुपतिमा विवाद सिर्जना गरेको आरोप लगाएका छन् । नेता पौडेलले राजनैतिक हस्तक्षेप तत्काल बन्द गरी सर्वोच्च अदालतको आदेश पालना गर्न सरकारको ध्यानाकर्षण गरेको छ ।

 

Latest News