HongKongNepali.com, The Next Media

Friday
Aug 18th
Home नेपाल तथा विश्व समाचार लाफा इन्भेष्टमेन्ट प्रालिको प्रथम साधारणसभा सम्पन्न

लाफा इन्भेष्टमेन्ट प्रालिको प्रथम साधारणसभा सम्पन्न

E-mail Print PDF
AddThis Social Bookmark Button

कम्पनीको अध्यक्षमा चन्द्रज्योति आले

रूद्र श्रीसमगर

काठमाडौं, १२ वैशाख

नेपाललगायत विश्वका विभिन्न देशमा छरिएर रहेका मगर समुदायको बीचमा एकता र आपसी सद्भाव कायम राख्दै छरिएर रहेका पुँजीलाई एकीकृत गरी ठोस योजनासहित नेपालमै लगानी गर्ने उद्देश्यका साथ स्थापित लाफा इन्भेष्टमेन्ट प्रालिको प्रथम साधारणसभा सम्पन्न भएको छ । 

समग्र मगर समुदायलाई उद्योगी, व्यापरी र व्यवसायी बनाइ आम मगर जातिको आर्थिक समृद्धिको अभियानमा जुट्ने उद्देश्यले स्थापित भएको यस कम्पनीले ६ महिनामै लगानी कर्तालाई लगानीको १० प्रतिशत लाभांश वितरण गरेर पनि ५० लाख रुपैयाँको सम्पत्ति कम्पनीको नाममा जोड्न सफल भएको छ ।

साथै, कम्पनीको साधारणसभाले चन्द्रज्योति आलेमगरको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति समेत चयन गरेको छ । त्यसैगरी, साधारणसभाले कम्पनीलाई आवश्यक सरसल्लाहका निम्ति सल्लाहकार समिति समेत गठन गरेको छ ।

अहिलेसम्म शेयर बिक्री खुल्ला नगरिएकोमा अबदेखि शेयर बिक्री खुल्ला गर्ने, कम्पनीको कुल पुँजी ५० करोडको पु¥याउने, कम्तीमा ५० रोपनी जग्गामा काठमाडौं उपत्यकामा सुविधा सम्पन्न लाफा भिलेज र लाफा सहकारीका लागि विज्ञ टोली बनाइ कार्य थालनी गर्ने, लाफा ट्राभल्स तत्काल सुरु गर्ने जस्ता महŒवपूर्ण निर्णय पनि सभाले गरेको छ ।

 

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News