HongKongNepali.com, The Next Media

Thursday
May 25th
Home नेपाल तथा विश्व समाचार भीमाद नगरपालिका प्रमुखमा जनमुक्ति पार्टीका सारू उम्मेदवार

भीमाद नगरपालिका प्रमुखमा जनमुक्ति पार्टीका सारू उम्मेदवार

E-mail Print PDF
AddThis Social Bookmark Button

रूद्र श्रीसमगर

भीमाद, १२ वैशाख

यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा तनहुँको भीमाद नगरपालिकाको प्रमुखमा राष्ट्रिय जनमुक्ति पार्टी, तनहुँले झक सारूमगरलाई उम्मेदवार बनाएको छ । 

राजमुपा, तनहुँका सचिव समेत रहेका नेता सारूमगरलाई भीमाद नगरको प्रमुखका रूपमा अघि सारिएको हो । प्रमुख दलहरूले समेत विभिन्न गाउँ र नगरका उम्मेदवारहरू टुंगो लगाइरहेका बेला राष्ट्रिय जनमुक्ति पार्टीले पनि आफ्ना उम्मेदवारहरू क्रमशः टुंगो लगाउँदै गएको छ ।

नेपाल मगर संघ तनहुँका पूर्व अध्यक्ष समेत रहेका नेता सारूमगरले, पार्टीनिकट राष्ट्रिय युवा मोर्चामा समेत काम गरिसक्नुभएको छ । मगर समुदायको राम्रै उपस्थिति रहेको भीमाद नगरपालिकामा सामुदायिक मत आफूले राम्रै तान्ने दाबी नेता सारूमगरको छ ।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News