HongKongNepali.com, The Next Media

Friday
Aug 18th
Home नेपाल तथा विश्व समाचार जुना श्रीसले कसलाई भनिन्, ‘वैंश ढल्काएर गयौ’

जुना श्रीसले कसलाई भनिन्, ‘वैंश ढल्काएर गयौ’

E-mail Print PDF
AddThis Social Bookmark Button

रूद्र श्रीसमगर

पोखरा, १७ वैशाख

चर्चित लोक तथा दोहोरी गायिका जुना श्रीसले नयाँ गीत बजारमा ल्याएकी छिन् । गीतमार्फत् उनले आफ्नो प्रेमीलाई ‘वैंश ढल्काएर गयौ’ भनेकी छिन् । आखिर, कसलाई भनिन् त यस्तो ? यसको जवाफ पाउन भने म्यूजिक भिडियो पूरै हेर्नुपर्ने हुन्छ । 

सर्जक खेम पुनको लय तथा शब्द संकलनमा गायिका जुनाले ‘वैंश ढल्काएर गयौ’ बोलको नयाँ लोकगीत बजारमा ल्याएकी हुन् । गीतको म्यूजिक भिडियो युट्युबमार्फत् सार्वजनिक भएको छ । एकल, दोहोरी तथा सालैजो गीतमा आफ्नो सुरिलो स्वर भर्दै आएकी जुनाले पछिल्लो समय एकल लोकगीतको अभाव भएका बेला एकल लोकगीत बजारमा ल्याएकी छन् ।

म्यूजिक भिडियोमा गायिका जुना आफैंले अभिनय गरेकी छन् । उनीसहित गायक प्रसाद खप्तरीमगर र रेनुले म्यूजिक भिडियोमा अभिनय गरेका छन् । दुर्गा पौडेलको छायाड्ढन तथा निर्देशन, नवीन घर्तीमगरको सम्पादन रहेको म्यूजिक भिडियोको दृश्य निर्माण भने एड्भेञ्चर फिल्मस् प्रालिले गरेको हो ।

म्यूजिक भिडियो हेर्न यहाँ लिंक :https://www.youtube.com/watch?v=FoQb50KN5Io&feature=share

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News