HongKongNepali.com, The Next Media

Tuesday
Oct 17th
Home नेपाल तथा विश्व समाचार मिस तमुस्यो निशा र नायिका अश्मी हङकङ प्रस्थान

मिस तमुस्यो निशा र नायिका अश्मी हङकङ प्रस्थान

E-mail Print PDF
AddThis Social Bookmark Button

रूद्र श्रीसमगर

पोखरा, २१ वैशाख

मिस तमुस्यो नेपाल—२०१६ की उपाधि बिजेता निशा तमुस्यो र गुरुङ चलचित्रकी नायिका अश्मी तमुस्यो हङकङ प्रस्थान गरेका छन् ।

 

गुरुङ संस्कृतिमा आधारित नेपाली भाषाको चलचित्र ‘क्यु प्ह्रो छे’ (भेडी गोठाले)को यही मे ७ तारिखमा हङकङमा हुने विशेष प्रदर्शनमा सहभागी हुन बिहीबार नेपाल एयरलाइन्सको विमानमार्फत् मिस तमुस्यो निशा र नायिका अश्मी हङकङ प्रस्थान गरेका हुन् । हङकङको याउ मा तेई कम्युनिटी हलमा पहिलोपटक चलचित्र भेडी गोठाले प्रदर्शन हुन लागेको हो ।

मिलन डी.जी. इन्टरनेशनल प्रा.लि.को आयोजनामा हुने प्रदर्शनमा सहभागी हुन हङकङ प्रस्थान गर्नु अघि मिलन डी.जी. इन्टरनेशनल प्रा.लि.ले नेपालबाट शुभयात्रा र कार्यक्रम सफलताको कामनासहित बिदाइ गरेको छ ।

मिलन डी.जी. इन्टरनेशनल प्रा.लि.का प्रबन्ध निर्देशक देउकी सिंजाली ‘दिपिका मिलन’ले मिस तमुस्यो नेपाल निशा तमुस्यो र भेडी गोठाले चलचित्रकी नायिका अश्मी तमुस्योलाई बिदाइ गर्दै शुभयात्रा र कार्यक्रम सफलताको शुभकामना दिनुभयो । तमु जातिको भाषा, धर्म, संस्कार, संस्कृति र भेषभूषा संरक्षणमा दूतको भूमिका निर्वाह गर्न आग्रह गर्दै प्रबन्ध निर्देशक सिंजालीले कलाकारहरूको प्रोत्साहनका लागि कम्पनीले विशेष ध्यान दिएको बताउनुभयो ।

 

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News