HongKongNepali.com, The Next Media

Thursday
May 25th
Home नेपाल तथा विश्व समाचार महाअभियोगको प्रक्रिया अघि नबढाउन आन्तरिम आदेश

महाअभियोगको प्रक्रिया अघि नबढाउन आन्तरिम आदेश

E-mail Print PDF
AddThis Social Bookmark Button

५ मे २०१७, सर्वोच्च अदालतले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दायर भएको महाअभियोगको प्रक्रिया अघि नबढाउन आन्तरिम आदेश दिएको छ । महाअभियोगविरुद्ध दायर रिटमा सुनुवाई गर्दै न्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासले संविधानको मर्म र भावना अनुसार महाअभियोग नआएको बताएको छ ।

न्यायाधीयहरुबाट गरिने व्यवहार, आचरण र न्याय सम्पादन समेतमा गल्भीर विचलन भए नभएको विषयमा गम्भीर छलफल भएर निस्कने परिणाम वस्तुगत र प्रमाणयोग्य आधार भए मात्र महाअभियोग प्रस्ताव संवैधानिक र जायज हुने आदेशमा उल्लेख छ ।

सुविधा सन्तुलनका आधारमा रिटको टुंगो नलागेसम्म संसदमा दर्ता भएको महाअभियोग र संसदका महासचिवले जारी गरेको पत्र यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ ।साथै प्रधानन्यायाधीश कार्कीलाई यथावत रुपमा आजै आफ्नो पदमा काम गर्न दिन भनेको छ ।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News