HongKongNepali.com, The Next Media

Tuesday
May 23rd
Home नेपाल तथा विश्व समाचार पहिलो चरणको निर्वाचनको प्रचारप्रसारको आज अन्तिम दिन

पहिलो चरणको निर्वाचनको प्रचारप्रसारको आज अन्तिम दिन

E-mail Print PDF
AddThis Social Bookmark Button

११ मे २०१७, बैशाख ३१ गते हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनको प्रचारप्रसार गर्न बिहीबार अन्तिम दिन हो। बिहीबार मध्यरातपछि शुरु हुने मौनअवधिमा प्रचारप्रसार गरेको पाइएमा एक लाख रुपैयाँ जरिवानादेखि उम्मेदवारी रद्धसम्म गर्न सकिने भन्दै निर्वाचन आयोगले सचेत गराएको छ।

मौन अवधिमा सामाजिक सञ्जालमार्फत गरिने प्रचारप्रसार समेत विशेष निगरानी गर्ने आयोगले जनाएको छ।मौन अवधिमा कुनै पनि माध्यमद्वारा कुनै उम्मेदवार वा राजनीतिक दलले भोट माग्ने काम गरेको फेला परेमा उनीहरुलाई निर्वाचन आयोग ऐन र निर्वाचन कसुर ऐन अनुसार कारबाही हुने निर्वाचन आयोगले बताएको छ।

निर्वाचन आयोगका अनुसार, निर्वाचन कसुर सजाय ऐन अनुसार निर्वाचन अधिकृत वा अनुगमनकर्ताहरुले चुनाव प्रचारप्रसार गरेको देखे तुरुन्तै २५ हजार जरिवाना गर्न सक्छन्। त्यस्तै निर्वाचन आयोग ऐन अनुसार एक लाखसम्म जरिवाना तथा उम्मेदवारी समेत खारेज हुनसक्छू।

आयोगका अनुसार मौन अवधि लागू भएपछि मदतान केन्द्रको ३०० मिटर वरपर प्रचारप्रसारका लागि राखिएका सामाग्री उम्मेदवारले हटाइसक्नु पर्नेछ।

औपचारिक रुपमा यस अवधिलाई मौन भनिएपनि राजनीतिक दल र उम्मेदवारले अन्तिम चुनावी रणनीति तय गर्ने अवसरको रुपमा यो समयलाई उपयोग गर्ने गरेको जानकारहरु बताउँछन्।

 

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News