HongKongNepali.com, The Next Media

Saturday
Jun 24th
Home नेपाल तथा विश्व समाचार सचिव गुरुङलाई मिलन फाउण्डेशनको बधाई

सचिव गुरुङलाई मिलन फाउण्डेशनको बधाई

E-mail Print PDF
AddThis Social Bookmark Button

रूद्र श्रीसमगर

कुश्मा, २७ वैशाख

मिलन फाउण्डेशन नेपालका सचिव खडकबहादुर गुरुङ ‘मदन’लाई गत हप्ता जर्मनीको म्युनिखमा आयोजित कार्यक्रममा ‘इन्स्ट्रक्टर अफ द इयर अवार्ड’बाट सम्मानित भएकोमा फाउण्डेशनले बधाई ज्ञापन गरेको छ ।

 

राष्ट्रिय तेक्वान्दो युनियन नेपालका केन्द्रीय उपाध्यक्ष समेत रहेका गुरुङलाई मंगलबार पर्वतको कुश्मास्थित फाउण्डेशनको कार्यालयमा बधाई ज्ञापनसँगै सम्मान गरिएको हो । सो अवसरमा फाउण्डेशनका कार्यवाहक अध्यक्ष देवी गुरुङले बधाई ज्ञापनपत्र एवं मायाको चिनो तथा खादा र फूलमालाले सचिव गुरुङलाई सम्मान गर्नुभयो ।

सचिव गुरुङलाई फाउण्डेशनका सह–सचिव कमल थापा, कोषाध्यक्ष देउकी सिंजाली ‘दिपिका’, कार्यकारिणी सदस्य गौरी गुरुङ र प्रचार–प्रसार संयोजक रूद्रबहादुर श्रीसले समेत खादा र अबिर लगाएर बधाई दिनुभएको थियो । बधाई ग्रहणपछि बोल्दै सचिव गुरुङले आफूले तेक्वान्दो खेलका लागि दिएको योगदानको कदर गरिएकोमा खुशी लागेको बताउनुभयो । फाउण्डेशनका तर्फबाट आफूलाई प्राप्त सम्मान र साथले आगामी दिनमा अझै अघि बढ्ने हौसला प्राप्त भएको सचिव गुरुङको भनाइ थियो ।

 

 

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News