HongKongNepali.com, The Next Media

Tuesday
May 23rd
Home नेपाल तथा विश्व समाचार स्थानीय तहको निर्वाचनमा धेरै मत बदर

स्थानीय तहको निर्वाचनमा धेरै मत बदर

E-mail Print PDF
AddThis Social Bookmark Button

१६ मे २०१७,झण्डै बीस बर्षपछि भएको स्थानीय तहको निर्वाचनमा पहिलो चरणको प्रारम्भिक मतगणनामा धेरै मत बदर भएको छ। निर्वाचन आयोगले दोस्रो चरणको मतदानका लागि मतदाता शिक्षा प्रभावकारी बनाउने बताएको छ।प्रदेश नम्बर १,२,५ र ७ मा जेठ ३१ गतेका लागि निर्धारित दोस्रो चरणको निर्वाचनको लागि एक हप्ताभित्र मतदाता शिक्षा कार्यक्रम आरम्भ गर्ने आयोगका एक अधिकारीले बताएका छन्।

प्रदेश नम्बर ३, ४ र ६ मा भएको पहिलो चरणको निर्वाचनको पर्यवेक्षण गरिरहेका थुप्रै संस्थाहरुले मतदाता शिक्षा अपुग भएको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन्।

यसै अनुरुप प्रदेश नम्बर १, २, ५ र ७ मा हुने दोस्रो चरणको चुनावमा मतदातालाई यस्तै अन्योल नहोस् भनेर मतदाता शिक्षा अझै प्रभावकारी बनाउन निर्वाचन आयोग लागेको आयोगका सचिव गोपीनाथ मैनालीले बताए।

दोस्रो चरणमा हुने निर्वाचनका लागि मतदाता शिक्षा अझ कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर छलफल गरिरहेका छौं। मतदाता शिक्षा प्रदान गर्ने कार्यकर्तालाई एक हप्ता पछि नै परिचालन गर्छौं।ुु

अघिल्ला निर्वाचनमा भन्दा धेरै चुनाव चिन्ह भएको ठूलो मतपत्रमा कती ठाउँमा मत हाल्ने अनि मत बदर नहुने गरी कसरी मतपत्र पट्याउने जस्ता जानकारी बारे थुप्रै मतदाता अन्योलमा रहेको पर्यवेक्षकहरुले बताएका छन्।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News