Home नेपाल तथा विश्व समाचार काठमाण्डौ बेनी बस दुर्घटनामा तीनको मृत्यु, कैयौं घाइते

काठमाण्डौ बेनी बस दुर्घटनामा तीनको मृत्यु, कैयौं घाइते

E-mail Print PDF
AddThis Social Bookmark Button

२३ पुष/ काठमाडौंबाट बेनीतर्फ आइरहेको यात्रुवाहक बस आज बिहान पर्वतको तिलाहार गाविसको वेतनीमा दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परि अन्य ३३ घाईते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमध्ये अहिलेसम्म ओकिला बेगम नामक एक महिलाको मात्र सनाखत हुन सकेको छ ।

घाइतेमध्ये ११ जनाको पश्चिम क्षेत्रीय अस्पताल पोखरा, ८ जनाको मणिपाल शिक्षण अस्पताल र १४ जनाको पर्वतको कुस्मा जिल्ला अस्पतालमा उपचार भइरहेको छ । पोखरामा उपचार गराइरहेका मध्ये केही अवस्था चिन्ताजनक रहेको छ । ग १ ख २६९२ नं.को सो बस बिहान करिव चारबजे सडकबाट बीस मिटर तल खसेको थियो । वस अत्यधिक गतिमा रहेका कारण दुर्घटना भएको बताइएको छ ।

Source : Benionline.com.np

 

 

Latest News