HongKongNepali.com, The Next Media

Wednesday
Sep 20th
Home नेपाल तथा विश्व समाचार नेपाल मगर संघ बुढीबजारको अध्यक्षमा पुनः क्या. पूर्णबहादुर पल्लीमगर

नेपाल मगर संघ बुढीबजारको अध्यक्षमा पुनः क्या. पूर्णबहादुर पल्लीमगर

E-mail Print PDF
AddThis Social Bookmark Button

रूद्र श्रीसमगर

लेखनाथ, २० जेठ

नेपाल मगर संघ बुढीबजार एकाइ समिति, कास्कीको अध्यक्षमा पुनः क्या. पूर्णबहादुर पल्लीमगर सर्वसम्मत चयन हुनुभएको छ । शुक्रबार सम्पन्न एकाइको सातौं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशनबाट उपाध्यक्षमा भीमकुमारी सारूमगर, सचिवमा भोजबहादुर थापामगर, सह–सचिवमा प्रेमबहादुर पल्लीमगर र कोषाध्यक्षमा कृष्णकुमारी थापामगर सर्वसम्मत चयन हुनुभएको छ ।

त्यसैगरी, सदस्यहरूमा धनबहादुर आलेमगर, पूर्णबहादुर आलेमगर ‘विनोद’, डोलमाया रानामगर, नेत्रा थापामगर, जमुना थापामगर, देउकुमार थापामगर र टेकबहादुर गरङ्जामगर रहनुभएको छ ।

अधिवेशनबाट भवन संरक्षकमा गणेशबहादुर आलेमगर, वरिष्ठ सल्लाहकारमा यामबहादुर थापामगर र सल्लाहकारमा कुमारी थापामगर चयन हुनुभएको छ ।

यसअघि, अधिवेशनको उद्घाटन गर्दै नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले स्थानीय तहको निर्वाचनमार्फत् देशमा संघीयताको कार्यान्वयन सुरु भएकाले मगर जातिले आ–आफ्नो तहबाट पहुँच पु¥याउनुपर्ने आवश्यकता औंल्याउनुभयो । ‘संघीयताको कार्यान्वयनका रूपमा पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ’, रानामगरले भन्नुभयो, ‘मगर जातिले स्थानीय तहमार्फत् मातृभाषा, धर्म, संस्कृति र भेषभूषाको संरक्षण एवं विकासका लागि विशेष पहल लिनु आवश्यक छ ।’

सो अवसरमा नेपाल मगर संघ कास्कीका सचिव यामबहादुर थापामगर, नेपाल मगर बुद्ध सेवा समाज कास्कीका अध्यक्ष सु. चन्द्रबहादुर मसरा·ीमगर, सचिव जीवनकुमार थापामगर, एकाइका सल्लाहकार गणेशबहादुर आलेमगरलगायतले बोल्नुभएको थियो । कार्यक्रममा ८० वर्षमाथिका चार जना र ११ जना एकाइका सक्रिय सदस्यहरूलाई सम्मान समेत गरिएको थियो ।

नेपाल मगर संघ बुढीबजार एकाइ समितिका अध्यक्ष क्या. पूर्णबहादुर पल्लीमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव भोजबहादुर थापामगर र रामबहादुर रानामगरले स्वागत गर्नुभएको थियो ।

 

 

 

Add your comment

Your name:
Subject:
Comment: