HongKongNepali.com, The Next Media

Saturday
Nov 18th
Home नेपाल तथा विश्व समाचार नेपाल मगर संघ माटेपानीको अध्यक्षमा पुनः चन्द्रप्रकाश थापामगर

नेपाल मगर संघ माटेपानीको अध्यक्षमा पुनः चन्द्रप्रकाश थापामगर

E-mail Print PDF
AddThis Social Bookmark Button

रूद्र श्रीसमगर

पोखरा, २० जेठ

नेपाल मगर संघ माटेपानी एकाइ समितिको अध्यक्षमा पुनः चन्द्रप्रकाश थापामगर सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न एकाइ २२ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनबाट उपाध्यक्षमा दुर्गाबहादुर थापामगर, सचिवमा जीतबहादुर अस्लामीमगर, सह–सचिवमा ज्ञानबहादुर थापामगर र कोषाध्यक्षमा नरेश आलेमगर सर्वसम्मत चयन हुनुभयो । 

त्यसैगरी, सदस्यहरूमा शोभाकर थापामगर ‘कोपिला’, सु. पूर्णबहादुर थापामगर, प्रेमबहादुर थापामगर, सुकुमाया रानामगर, टिकामाया रानामगर, नारायणसिंह मास्कीमगरलगायत रहनुभएको छ ।

यसैबीच, नेपाल मगर महिला संघ माटेपानी एकाइ समितिको अध्यक्षमा दुर्गा रानामगर सर्वसम्मत चयन हुनुभएको छ ।

समितिको उपाध्यक्षमा डुनमाया थापामगर, सचिवमा दुर्गा सारूमगर, सह–सचिवमा रेशमकला थापामगर र कोषाध्यक्षमा कृष्णमाया थापामगर चयन हुनुभएको छ । त्यसैगरी, सदस्यहरूमा माया थापामगर, मुन्नु थापामगर, तुलसी थापामगर, पार्वती थापामगर, पूर्णमाया आलेमगर, डिलमाया थापामगर, समिता थापामगर, चोलीकुमारी थापामगर, लक्ष्मी श्रीसमगर र दुर्गा पुनमगर रहनुभएको छ ।

यसअघि, अधिवेशनको उद्घाटन गर्दै नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले निर्वाचित स्थानीय तहका जनप्रतिनिधिमार्फत् मगर जातिको भाषा, धर्म, संस्कृतिको विकासका लागि पहल गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल मगर संघ कास्कीका जिल्ला सदस्य एवं प्रचारप्रसार तथा जनसम्पर्क विभाग प्रमुख डिलबहादुर श्रीसमगर, नेपाल मगर महिला संघ कास्कीकी वरिष्ठ उपाध्यक्ष नुनु रानामगर, माटेपानी एकाइ समितिकी भूपू अध्यक्ष देउरुपा श्रीसमगरलगायतले बोल्नुभएको थियो ।

सो अवसरमा एड्भान्स पोलिक्लिनिकका डा. जेनिश श्रेष्ठ, नन्द–गोविन्द स्मृति कोषका प्रेमबहादुर रानामगरकी धर्मपत्नी डिलसुब्बा रानामगर, दुर्गा सारूमगर र कटकबहादुर श्रीसमगरलाई सम्मान गरिएको थियो ।

नेपाल मगर संघ माटेपानी एकाइ समितिका अध्यक्ष चन्द्रप्रकाश थापामगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव जीतबहादुर अस्लामीमगर र उपाध्यक्ष मानबहादुर थापामगरले स्वागत गर्नुभएको थियो ।

 

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News