HongKongNepali.com, The Next Media

Wednesday
Sep 20th
Home नेपाल तथा विश्व समाचार बागलुङ समाज सहकारीको रक्तदानमा ३० युनिट रगत संकलन

बागलुङ समाज सहकारीको रक्तदानमा ३० युनिट रगत संकलन

E-mail Print PDF
AddThis Social Bookmark Button

रूद्र श्रीसमगर

पोखरा, २३ जेठ

बागलुङ समाज पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पाँचौं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३० युनिट रगत संकलन भएको छ । 

मंगलबार बिहान सिर्जनाचोकमा आयोजित रक्तदान कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष अमृतलाल श्रेष्ठले पहिलो रक्तदाता पार्वती सापकोटालाई ब्लड ब्याग हस्तान्तरण गरी सुरुवात गर्नुभएको थियो । क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रम सहकारीका अध्यक्ष शान्ता गिरीको अध्यक्षता, उपाध्यक्ष सावित्री शर्माको स्वागत तथा सचिव कमल पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

Add your comment

Your name:
Subject:
Comment: