HongKongNepali.com, The Next Media

Wednesday
Sep 20th
Home नेपाल तथा विश्व समाचार ईश्वरको उपचारार्थ संकलित रकम परिवारलाई हस्तान्तरण

ईश्वरको उपचारार्थ संकलित रकम परिवारलाई हस्तान्तरण

E-mail Print PDF
AddThis Social Bookmark Button

रूद्र श्रीसमगर

पोखरा, २४ जेठ

बागलुङको गलकोट नगरपालिका वडा नं. १०, पाण्डवखानीका १४ वर्षीय बालक ईश्वर श्रीसको उपचारार्थ संकलित रकम उनको परिवारलाई हस्तान्तरण गरिएको छ । 

सामाजिक अभियन्ताहरू दिपेश काउचा र गोविन्द पुनको नेतृत्वमा दाउरा काट्दा च्यापिएर खुट्टा भाँचिएका ईश्वरको घरको आर्थिक अवस्था कमजोर भएकाले उपचारार्थ सहयोग संकलन गरिएको थियो । उपचार खर्च कटाएर बचेको रकम २ लाख ५५ हजार २ सय ३० रुपैयाँ बुधबार हस्तान्तरण गरिएको हो ।

समाजसेवी सुकबहादुर काउचा र कर्णबहादुर पुनको रोहवरमा ईश्वरकी आमा चन्द्रकुमारी श्रीस र समाजसेवी सु. चन्द्रलाल काउचालाई सो रकम हस्तान्तरण गरिएको उपचार सहयोग समितिका संयोजक गोविन्द पुनले जानकारी दिनुभयो । ईश्वरको उपचारमा ५८ हजार ८ सय १३ रुपैयाँ खर्च भएको थियो भने ३ लाख १४ हजार ९ सय ५४ रुपैयाँ रकम संकलित भएको थियो ।

मणिपाल शिक्षण अस्पतालमा सफल उपचारपछि ईश्वर अहिले डिस्चार्ज भइ घरमै आराम गरिरहेका छन् । उनको उपचारमा मणिपालले समेत शल्यक्रिया, चिकित्सक तथा शैøया शुल्क निःशुल्क गरिदिएको थियो भने औषधीमा समेत १० प्रतिशत छुट दिएको थियो । आर्थिक अवस्था कमजोर  ईश्वरलाई गलकोट नगरपालिका वडा नं. १०, पाण्डवखानीस्थित पाण्डवखानी माविले कक्षा १२ सम्म निःशुल्क पढाउने उद्घोष समेत गरिसकेको छ ।

ईश्वरको उपचारका लागि गलकोट नगरपालिका वडा नं. १०, पाण्डवखानी ज्याथरनिवासी स्थानीय क्लब र आमा समूहको तर्फबाट ८२ हजार ९ सय ७०, कलाकार गौरी गुरुङबाट २ हजार,  घुम्टे समाज पोखराबाट ११ हजार ५ सय ६५, गलकोट नगरपालिका वडा नं. १०, पाण्डवखानीनिवासी सुकु तुलाचनबाट २ हजार, काठमाडौंनिवासी दीपक थापामगरबाट ५ हजार, नमस्ते किड्स नेपालका अध्यक्ष सगुन गुरुङबाट २ हजार १ सय, युकेनिवासी जस्मी गुरुङबाट २ हजार ५ सय, सीता गुरुङ पोखराबाट २ हजार ५ सय, पाण्डवखानी समाज जापानबाट ६१ हजार ५ सय ९३, क्यानाडानिवासी मोडल सुनिता पुनबाट ७ हजार, सञ्जय लाभाजू र माला लाभाजूको पहलमा

विवेक सेढाईंबाट १० हजार, सञ्जय लाभाजूबाट ५ हजार, माला लाभाजूबाट ५ हजार, प्रसिद्ध अर्यालबाट २ हजार, रजत थापाबाट २ हजार, विभु रावलबाट २ हजार, पराग विष्टबाट २ हजार, प्रसुन उपाध्यायबाट २ हजार गरी जम्मा ३० हजार रुपैयाँ, पूर्व सभासद् निरज पुनबाट २ हजार, जीतबहादुर पुन पल्लोखोलाबाट १ हजार ५ सय, लीलाराम श्रीस बगरबाट २ सय, सञ्चारकर्मी एसिका थापामगरबाट ५ सय, तिर्सना गुरुङबाट १ हजार, थमबहादुर र प्रेमकुमारी श्रीसको परिवारका तर्फबाट मीना र झमबहादुर काउचा, सीमा र अमित गुरुङ एवं सुजन र सन्तोष पुनबाट जम्मा १८ हजार रुपैयाँ, पाण्डवखानी समाज युकेबाट ६७ हजार ५ सय १० र पाण्डवखानी सेवा समाज कतारबाट १५ हजार ५ रुपैयाँ सहयोग प्राप्त भएको संयोजक पुनले जानकारी दिनुभयो ।

संयोजक पुनले सहयोग गर्ने सबै सहयोगदाताहरूलाई धन्यवाद समेत दिनुभएको छ । ‘हामीलाई विश्वास गरेर ईश्वरको उपचारका लागि सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिन चाहन्छु’, पुनले भन्नुभयो, ‘बाबुको उपचार सफल भएको छ, संकलित रकम बाँकी उपचार र शिक्षा दीक्षाका लागि खर्च गरिनेछ ।’ आफूहरूले संकलित रकमको दुरुपयोग हुन नदिने समेत पुनले बताउनुभयो ।

 

 

Add your comment

Your name:
Subject:
Comment: