HongKongNepali.com, The Next Media

Tuesday
Nov 21st
Home नेपाल तथा विश्व समाचार प्रधानन्यायाधीशका लागि ६ जना न्यायाधीशको नाम सिफारिस

प्रधानन्यायाधीशका लागि ६ जना न्यायाधीशको नाम सिफारिस

E-mail Print PDF
AddThis Social Bookmark Button

१३ जुन २०१७,  न्याय परिषद्ले नयाँ प्रधानन्यायाधीशमा नियुक्तिका लागि सर्वोच्च अदालतका ६ जना न्यायाधीशको नाम संवैधानिक परिषदमा पठाउने निर्णय गरेको छ।

मंगलबार बसेको परिषद्को बैठकले योग्यता पुगेका सर्वोच्चका न्यायाधीशमध्ये वरिष्ठताको क्रमको आधारमा गोपाल पराजुली, दीपकराज जोशी,ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, (क्ष् चोलेन्द्र शम्शेर जबरा र जगदीश शर्मा पौडेलको नाम सिफारिस गरेको हो।

 

यसअघि न्यायपरिषद्को बैठक बस्न नसक्दा प्रधानन्यायाधीशमा नियुक्तिका लागि नाम सिफारिस गर्न ढिलाइ भएको थियो।निवर्तमान प्रधानन्यायाधीश सुशीला कार्कीले अवकाश हुनुअघि ६ जनाको नाम पठाउने एकल निर्णय गरेकी थिइन्।

तर न्याय परिषद् सचिवालयले पठाएको सूचीमात्रै वैधानिक हुने टिप्पणी भएका थिए।परिषद्को मंगलबार बसेको बैठकले कायम मुकायम प्रधानन्यायाधीश गोपाल पराजुलीको उमेर विवादमा बोल्दै उनको जन्ममिति विक्रम सम्वत २०१० बैशाख १६ गते कायम रहने निर्णय गरेको छ।यदि पराजुलीलाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीश चयन गर्यो भने उनले २०७५ बैशाख १५ सम्म पदमा रहन पाउनेछन्।

परिषदद्वारा जारी वक्तव्य अनुसार नागरिकताको प्रमाणपत्रको आधारमा कायम हुने जन्ममिति र पूरा जन्ममिति खुलेको शैक्षिक योग्यता र वैयक्तिक विवरण९ सिटरोल० को जन्ममितिबीचमा एक वर्षभन्दा कमको अन्तर देखिएकाले न्याय परिषद् ऐन २०७३ को दफा ३१ को उपदफा ६ु तथा सर्वोच्च अदालतलको हालैको आदेश अनुसार पराजुलीको जन्ममिति २०१० वैशाख १६ कायम गरी संवैधानिक परिषदमा पठाउने निर्णय भएको छ।

उच्चअदालतका मुख्य न्यायाधीश सुरेन्द्रवीर सिंह बस्न्यातको मामिलामा नागरिकताको जन्ममिति कायम गर्ने तात्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीको निर्णय सर्वोच्चले हालै बदर गर्दै शैक्षिक प्रमाणपत्रमा खुलेको पूरा जन्ममिति कायम हुने फैसला गरेको थियो।

 

 

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News