HongKongNepali.com, The Next Media

Tuesday
Nov 21st
Home नेपाल तथा विश्व समाचार महामानव डा. गोपाल गुरुङको सम्झना

महामानव डा. गोपाल गुरुङको सम्झना

E-mail Print PDF
AddThis Social Bookmark Button

जीबन मंगोल

काठमाडौं

मंगोल नेशनल अर्गनाइजेशनका फाउण्डर प्रेसिडेण्ट युग–पुरुष दार्शनिक डा. गोपाल गुरुङको देशबिदेशमा सम्झना गर्दै प्रथम स्मृति शोकसभा मनाएका छन् ।

एकवर्ष अघि मात्र ब्लड क्यान्सरको कारण उपचार गर्दा गर्दै ललितपुरको अल्का हस्पिटलमा उहाँको निधन भएको थियो । त्यहि सम्झना स्वरुप आफ्नो महान नेतालाई सम्झिएका छन् । काठ्माडौमा मंगोल नेशनल अर्गनाइजेशन केन्द्रिय सभाले पनि प्रथम स्मृति शोकसभाको आयोजना गरि फाउण्डर प्रेसिडेण्टको प्रथम शोक सभाको प्रतिक मैनबत्ति बाली खादा अर्पन गर्दै एकमिनेट मौनधारण गरि सम्झिए । झापाको जिल्ला सभाको आयोजनामा उहाँकै समाधिस्थलमा सयौं कार्यकर्ताहरुले शोक मनाए । झापा इलाम देखि मध्यपश्चिम सूदुर सम्म र देश देखि विदेश सम्म विविध कार्यक्रम गरि शोक मनाए । आफ्नो इच्छा चाहनालाई दबाएर सामन्तीहरुको बिरुद्ध लड्ने शाहसी, दूरदर्शी, जुझारु प्रिय नेताको गुमाउनु पर्दाको पिडाहरु ब्यक्त गरे । अधिकांश मंगोलहरु उहाँको निधनप्रति कति शोकमग्न छन् भन्ने कुराहरु देशविदेशमा देखियो ।

मूलबासी मंगोलहरुलाई राजनीति चेतनाको दियो बालि दिने र राजतन्त्रको जरा उखेल्न र लोकतन्त्रलाई स्थापना गर्न कुनै जीवनको प्रवाह नगरी जेल, नेल सहने, सँधै मंगोलहरुको पक्षमा कुम्भकर्ण जस्तो निदाएका, दल–दलेभाषमा डुबेकाहरुलाई उद्धार गर्ने, पशुको जीवनलाई मान्छे जस्तो शीर ठाडो पारेर जीउने कला सिकाउने महामानवको सम्झना गर्दा सायदै दुखी त हुन्छौ नै । यसैले पनि उहाँको निधन भएपनि दिन दुइ गुणा रात चौ गुणा भने झै उहाँलाई सम्झिने र उहाँको विचारमा समाहित हुनेको भिड लागि सकेको छ । जुन १० तारिखको दृश्यले त्यहि कुरा प्रमाणित ग¥यो ।

 

सन् १९३९ मा जन्मिनु भएका गोपाल गुरुङ एक बहुमुखि प्रतिभाका धनि थिए । शिक्षक, साहित्यकार, पत्रकार, चित्रकार, लेखक–प्रकाशक साथै महान राजनीतिज्ञ समेत थिए । राजा र राजतन्त्रलाई आफ्नो दुस्मन घोषणा गरेकैले जीवनभर सकसपूर्ण जीवन व्यतित गर्नु भएको थियो ।

महेन्द्रलाई पटक–पटक भेट गरी नेपालको र विश्वको वास्तविक राजनीतिबारे पढाउदै हिन्दु राष्ट्र नबनाउन आग्रह गर्दा गर्दै हिन्दुत्वलाई प्राथमिकता दिएको भन्दै महेन्द्र सँग दुस्मनी साधे ।  महेन्द्रको शेषपछि बिरेन्द्रलाई लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तिय सरकार घोषणा गर्न अनुरोध गरेपछि कहिले थाहै नपाई विभिन्न पदमा नाम मनोनित गर्ने, कहिले अञ्चलाधिशको प्रलोभन देखाउने, कहिले राजदुत त कहिले मन्त्रीको प्रलोभन । यस्तै राजाहरुको रवैया देखेर उहाँले राजा भनेको शोसक सामन्तीको जरा हो । यसलाई जरै देखि उखेल्न आवश्यक छ भनि सन् १९७९ देखि खुलमखुल्ला राजतन्त्रको विरोधमा लाग्नु भयो । त्यसैगरी सामन्तीको जरा पल्टाउने पुस्तक सन् १९८५ मा “नेपाली राजनीतिमा अदेखा सचाइ” लेख्नु भयो । त्यसपछि उहाँको जीवनमा कालो दिनको सुरुवात भयो । राजगद्धी ताकेको, साम्प्रदायिक फैलाएको, मंगोल र आर्यमा बिखण्डल ल्याएको, असहिष्णुता फैलाएको भन्दै दजनौं बिल्ला भिराउदै सुनधारास्थित केन्द्रिय कारागार भद्रगोलमा ३ वर्षको कठोर सजाए दिइयो ।

जेलबाहिर हुँदा पुस्तक लेखि राजतन्त्रको जरोलाई हल्लाए दिए भने जेलभित्र मंगोल नेशनल अर्गनाइजेशन स्थापना गरि सामन्तीहरुको निदहराम गरिदिनु भयो । एमनेष्टी इन्टर नेशनल डेन्मार्क, लण्डन, पेन इन्टरनेशनल लण्डन, एक्सन, मानवअधिकारवादी संस्था, प्रेस फाउण्डेशन एशिया, विश्वका पत्रकारहरुले गोपाल गुरुङको रिहाइको माग गर्दै अभियान नै चलाए पछि १९९० मा सामन्तीहरुले घुँडा टेक्दै गोपाल गुरुङको रिहाइ गर्नु प¥यो । सामन्तीको जरो हल्लाउने पुस्तकको कारण नेपाल बाहेक भारतको सिक्किम दार्जिलिङ, भाक्सु, देहरादुन लगायत भारतका विभिन्न इलाकामा जनजागर आयो । सिक्किममा नरबहादुर भण्डारीको शासनको अन्त्य भयो । पवन चाम्लिङ मुख्य मन्त्री बने, बनाउने गोपाल गुरुङ नै थिए भन्ने अझै चर्चा सेलाको छैन । राजा बिरेन्द्रलाई पुनः लिखित रुपमा सन् १९९५ मा आजीवन राष्ट्र भइदिने लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तिए शासन घोषणा गर्न ध्यानाकर्षण गराउदै चिठी लेख्नु भयो । नेपाली कंग्रेस, एमालेलाई चिठी पठाउदै ध्यानाकर्षण गराउदा जिन्दगी निकै चुनौतिपूर्ण बन्यो । जब २००१ मा पुनः ज्ञानेन्द्र शाहलाई सोही ध्यानाकर्षण गराउदै चिठी लेखेपछि ज्यानको जोखिम बढ्न थाल्यो । अस्तित्वको खोज पुस्तक लेखेपछि गोपाल गुरुङलाई फेरी राज्य विप्लपको मुद्धामा गिरफ्तार गर्न ठाडो ज्ञानेन्द्रको आदेश पछि भूमिगत हुनु प¥यो ।

२००९ मा भारतका मूलबासीहरुको संस्थालाई सम्बोधन गरेर फर्किए लगत्तै आफ्नो जेलभित्र लागेको रोग रक्तचाप र चिनीरोगले च्याप्तै लान थाल्यो । बिरामी हुँदै मंगोल नेशनल अर्गनाइजेशनको तेस्रो राष्ट्रिय महाधिवेशन इलाममा सम्पन्न भयो । लगत्तै दिमागको नसा प्यारालाइसिस भएर काम नलाग्ने भयो । संयोगले मात्र बाँच्नु भएको थियो । तर पनि संगठन बिस्तारमा गोरखा, सोलुखुम्बु, रुकुम, ताप्लेजुङ जस्ता बिकट ठाउँहरुमा एकपट भएपनि पुग्नु पाए भावी पुस्तालाई सजिलो हुन्थ्यो भनेर दीर्घ रोगी बृद्ध शरिरलाई घिसार्दै घिसार्दै पश्चिम नेपालको बुट्वलमा मार्च १२, २०१६ को मंगोल सभालाई सम्बोधन गर्दै जीवनको आफ्नो राजनीतिलाई पूर्णविराम लगाउदै गर्दा उहाँले भन्नु भएको थियो, ‘मैले खोजेको जस्तो, चाहेको जस्तो भाईबहिनीहरु भेट्टाए, जस्ले निर्भिक भएर बोल्न सक्छ, डटेर बोल्न सक्छ । यसकारण मैले नेता बन्न आवश्यक छैन, नजानेको केही कुरा सिकाउछु । मेरो सपना पुरा भएको छ र म पनि पुरा भए ।” यो रहस्यमय भनाईसंगै गोपाल गुरुङ साच्चै आफू पूरा भएको सिद्ध गर्दै जुन १० तारिख यस धर्तिबाट लिन हुनु भयो ।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News