HongKongNepali.com, The Next Media

Wednesday
Jun 28th
Home नेपाल तथा विश्व समाचार बागलुङ समाज सहकारीका शेयर सदस्यलाई क्षमता अभिवृद्धि तालिम

बागलुङ समाज सहकारीका शेयर सदस्यलाई क्षमता अभिवृद्धि तालिम

E-mail Print PDF
AddThis Social Bookmark Button

रूद्र श्रीसमगर

पोखरा, २७ जेठ

पोखरा लेखनाथ महानगरपालिका वडा नं. ८, नागढुंगास्थित बागलुङ समाज पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यहरूलाई एक दिने सहकारी सम्बन्धी क्षमता अभिवृद्धि तालिम दिएको छ । 

शनिबार आयोजित तालिममा सहभागी ७० जना शेयर सदस्यलाई जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष सुदीप ढकालले सहकारीसम्बन्धी सहजीकरण गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि सहकारीका संस्थापक उपाध्यक्ष भानुभक्त शर्मा कँडेलले सहकारीसम्बन्धी क्षमता अभिवृद्धिका लागि तालिम अपरिहार्य रहेको बताउनुभएको थियो ।

सहकारीकी अध्यक्ष शान्ता गिरीको अध्यक्षतामा भएको तालिमको सञ्चालन सचिव कमलपति पौडेल तथा उपाध्यक्ष एवं शिक्षा उपसमिति संयोजक कमला गिरीले स्वागत गर्नुभएको थियो ।

 

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News