HongKongNepali.com, The Next Media

Wednesday
Jun 28th
Home नेपाल तथा विश्व समाचार प्रतिक्षारत नेपाली कथानक चलचित्र ‘शिरफूल’ को पहिलो गीत सार्बजनिक

प्रतिक्षारत नेपाली कथानक चलचित्र ‘शिरफूल’ को पहिलो गीत सार्बजनिक

E-mail Print PDF
AddThis Social Bookmark Button

काठमाडौ

प्रतिक्षारत नेपाली कथानक चलचित्र ‘शिरफूल’ को “आज किन’’ शीर्षकको पहिलो गीत सार्वजनिक भएको छ । फिल्मको ट्रेलर रिलिज भने केही दिनमै हुने र त्यसको तयारी तीब्र पारिएको छ । यस गीतमा हरि लम्साल र मेलिना राईको बडो झरिलो अनि सुमधुर आवाज रहेको छ त्यस्तैगरी नायक देवराज आले मगर र नायिका विनिताको तात्तातो अनस्क्रीन रोमान्सका दृष्यहरु पनि ताजै हेर्न सकिन्छ । मिलन श्रेष्ठदवारा सम्पादित “आज किन’’ गीतको छायांङकनलाई फर्पिंङ आसपासको रमणीय स्थानको दृश्यहरुलाई समायोजन गरिएको छ भने गीतको छायाँकार हुन निरोज श्रेष्ठ ।

 

चलचित्र ‘शिरफूल’ मा नायक देवराज आले मगर र नायिका विनिताको अलावा रुपा राना सुनिल मगर, राज थापा, निता पुन, पूजा गजल, नमिता तामाङ लगायतको मुख्य भूमिका रहेको छ ।

यस चलचित्रको नेपालमा प्रदर्शनको मिति तय भइनसकेको तर विदेशका १६ वटा देशका मुख्य मुख्य सहरमा भने फिल्मको प्रदर्शन हुने समय तालिका समेत निश्चित तय भैसकेको र फिल्मको लगानी पनि अग्रीम सुरक्षित भैसकेको निर्माण पक्षको दाबी छ ।

मगर्स क्रियशन कम्पनी र पर्फर्मिंग आर्ट क्रियशनद्वारा संयुक्त रुपमा प्रस्तुत यस चलचित्र ‘शिरफूल’ लाई आशिर्वाद पुन मगरले निर्माण गरेका हुन् भने कमल एक्चई मगरको निर्देशन रहेको छ ।

https://youtu.be/6pSxWi497i8

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News