HongKongNepali.com, The Next Media

Monday
Jul 24th
Home नेपाल तथा विश्व समाचार बुटवलमा एमाले र कांग्रेसका प्रमुख नेताले चुनावी सभालाई सम्बोधन गरे

बुटवलमा एमाले र कांग्रेसका प्रमुख नेताले चुनावी सभालाई सम्बोधन गरे

E-mail Print PDF
AddThis Social Bookmark Button

२५ जुन २०१७,  असार १४ गते हुन गइरहेको दोस्रो चरणको स्थानीय निर्वाचनको आइतबार प्रचार(प्रसारको अन्तिम प्रदेश नम्बर पाँचको बुटवलमा नेकपा एमाले र नेपाली कांग्रेसका प्रमुख नेताले चुनावी सभालाई सम्बोधन गरेका छन्।

नेकपा एमालेका अध्यक्ष केपी ओली रुपन्देहीमा एमालेका चुनावी सभाहरुमा केन्द्रित भइरहँदा कांग्रेसका सभाहरुमा वरिष्ठ नेता रामचन्द्र पौडेल सहभागी थिए।जिल्लाका विभिन्न सभाहरुमा सहभागी भएपनि उनीहरुको मुख्य चासो बुटवल उपमहानगरको चुनावी सभामा देखिएको थियो।

बुटवलको चुनावमा सत्ता गठबन्धन नेपाली कांग्रेस र माओवादी केन्द्र मिलेर मेयर र उपमेयरमा साझा उम्मेदवारी दिएका छन्।बुटवललाई आफ्नो लालकिल्ला भन्दै आएको नेकपा एमालेले उनीहरुलाई एक्लै चुनौती दिइरहेको देखिन्छ।सत्तारुढ दलहरुको गठबन्धनलाई कटाक्ष गरेका छन्।

बुटवलको ट्राफिक चोकमा एमालेको चुनावी सभा भइरहँदा त्यसको करिब एक किलोमिटर टाढा राजमार्ग चौराहामा कांग्रेस र माओवादी केन्द्रको संयुक्त सभा थियो।

पाँच नम्बर प्रदेशको सम्भावित राजधानीको रुपमा समेत हेरिएको बुटवल उपमहागरपालिकाको चुनावलाई कांग्रेस(एमाले दुबै दलले ठूलो प्रतिष्ठाको विषय बनाउदै आएका छन्।चुनावी प्रचारको क्रममा एमालेले संसदमा दर्ता गरिएको पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला अलग्याउने प्रस्तावलाई सत्ता गठबन्धनविरुद्धको मुख्य हतियार बनाएको देखिएको छ।

कांग्रेसका कतिपय स्थानीय नेताले भने त्यसको बचाउ गर्दै आएको देखिन्छ।माओवादी केन्द्रको चुनावी र्यालीलाई लक्षित गरी आइतबार नवलपरासीको सुनवलमा बम विस्फोट गराइएको खबर सार्वजनिक भएको छ।विस्फोटन नौंजना घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

 

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News