HongKongNepali.com, The Next Media

Saturday
Nov 18th
Home नेपाल तथा विश्व समाचार तनहूँमा राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति गठन

तनहूँमा राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति गठन

E-mail Print PDF
AddThis Social Bookmark Button

तनहुँको दमौलीमा शनिबार राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति नेपालको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । भेलाले राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति तनहूँ गठन गरेको छ ।भेलाले सिजन थापाको अध्यक्षतामा जिल्ला समिति गठन गरेको हो । राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति तनहुँको उपाध्यक्षमा सरुणा थापामगर, सचिवमा सुजन थापामगर, सह–सचिवमा विनिता थापामगर र कोषाध्यक्षमा अमृत थापामगर सर्वसम्मत चयन भएका छन् । 

त्यस्तै जिल्ला सदस्यमा पूर्णबहादुर राना, समित थापा, पद्यमा थापा, वविन थापा, मिलन आले, संगिता राना, बिष्णुबीर थापा, विनु आले, रिमबहादुर आले र पूर्णबहादु थापा चयन भएको निर्णय मण्डलका संयोजक झक सारु मगरले जानकारी दिनुभयो ।

नयाँ कार्यसमितिलाई राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति नेपालका केन्द्रिय अध्यक्ष हर्क आलेले बधाई ज्ञपान गर्दै प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

बधाई तथा प्रमाणपत्र वितरण गर्नुहुर्दै केन्द्रिय अध्यक्ष आलेले कौराहा मगर समुदायको मौलिक सांस्कृति नाँच भएकाले यसको संरक्षण गर्नका लागि संस्था स्थापना गरेको बताउनुभयो ।

मगर समुदायको साँस्कृतिक पहिचान भनेको कौराहा नाँच भएको भन्र्दै नेपाल र नेपालीलाई विश्वमाझ चिनाई बन्धुत्वनको भावनाको विकास गरी एकता कायम गरेको राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति नेपालका केन्द्रिय अध्यक्ष आलेले दावी गर्नुभयो ।

नवनिर्वाचित अध्यक्ष थापाले कौराहा नाँचको संरक्षण गर्नका लागि जिल्ला समिती हर्दै सम्म प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

 

 

 

 

 

 

 

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News