HongKongNepali.com, The Next Media

Monday
Jul 24th
Home नेपाल तथा विश्व समाचार दोस्रो चरणको निर्वाचन शुरु

दोस्रो चरणको निर्वाचन शुरु

E-mail Print PDF
AddThis Social Bookmark Button

२८ जुन २०१७, दोस्रो चरणको निर्वाचनको क्रममा बुधबार प्रदेश नम्बर १, ५ र ७ मा स्थानीय जनप्रतिनिधि चयनका निम्ति बिहान सात बजेदेखि मतदान शुरु भएका छन्।

बिस वर्षपछि हुन लागेको स्थानीय निर्वाचनमा असारे वर्षा र झरीको पर्वाह नगरी मतदाताहरु मतदान गर्न लामबद्ध भएका छन्।यो चुनावमा महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकाका विभिन्न १५ हजारभन्दा बढी पदको निम्ति करिब ६२ हजार उम्मेदवार प्रतिस्पर्धामा छन्।

झण्डै ६४ लाख मतदातले ती उम्मेदवारको भाग्यको फैसला गर्दैछन्।तीन प्रदेशका ३५ जिल्लाका ३३४ स्थानीय तहको निम्ति बिहान ७ बजेदेखि मतदान शुरु भएको हो।निर्वाचन आयोगका अनुसार चुनावी मैदानमा उत्रिएका ६२ हजार उम्मेदवारमध्ये ३८ हजार पुरुष, २४ हजारभन्दा बढी महिला र २ जना तेस्रो लिंगी छन्।

स्थानीय निर्वाचनमा यसअघि कहिल्यै मतदान गर्न नपाएका २१ देखि ३५ वर्ष उमेरका १५ हजार भन्दा बढी युवाले चुनावमा उम्मेदवारी दिएको आयोगले जनाएको छ।यो चुनावमा ८० वर्षभन्दा माथि उमेरका ५१ जना उम्मेदवार रहेको बताइएको छ।

चुनावमा चौबिस हजारभन्दा बढी महिला उम्मेदवार रहेका छन्।

निर्वाचन आयोग सूचना प्रविधि व्यवस्थापन महाशाखाका सहसचिव लक्ष्मीप्रसाद यादव भन्छन्, कम्तीमा तीन पुस्ताको उम्मेदवारी देखिएको छ। यसलाई हामी उत्साहजनक मान्छौं। सबै पुस्ता प्रजातान्त्रिक अभ्यासमा सहभागी छन्। यस्तो सम्मिश्रण राम्रो हो।यो चुनावमा ४१ जना उम्मेदवार निर्विरोध भइसकेका छन्।

निर्वाचनका केही तथ्य रोचक देखिन्छ।बझाङको काँडा गाउँपालिकामा सबैभन्दा थोरै ८८१ जनामात्र मतदाता छन् भने विराटनगर महानगरपालिकामा सबैभन्दा बढी, १ लाख १२ हजार मतदाता रहेको आयोगले जनाएको छ।

स्थानीय चुनाव २० वर्षपछि भइरहेको र त्यसबाट घर(आँगनमै सरकार पुग्ने भनिएकाले पनि उम्मेदवार धेरै भएको आँकलन निर्वाचन आयोगको छ।ती मध्येबाट आफ्ना जनप्रतिनिधि चयन गर्न पहिलो चरणमा जस्तै बुधबारको मतदानमा पनि उल्लेख्य सहभागिता हुने निर्वाचन आयोगको विश्वास छ।

भूगोल र जनसंख्याको आधारमा छुट्याइएको स्थानीय तहमा प्रदेश नम्बर १, ५ र ७ मा तराई, पहाड र हिमालका जिल्लाहरु समेटिएका छन्।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News