चुनाव शान्तिपूर्ण र मतदाताको सहभागिता उत्साहपूर्ण भएको उसको भनाई छ।दोश्रो चरणको चुनाव अन्तर्गत प्रदेश नम्बर १, ५ र ७ का ३५ वटा जिल्लामा मतदान भएको हो।एउटा महानगरपालिका सहित ३३४ स्थानीय तहमा करिब ६५ लाख मतदाता थिए।
मतदानको समय सकिएपछि काठमाण्डूमा पत्रकार सम्मेलन गर्दै प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भने, प्रारम्भिक विवरण अनुसार कम्तिमा ७०।५ प्रतिशत मतदान भएको छ। यो आँकडा अझ बढ्नसक्ने आयोगले अनुमान गरेको छ।उनका अनुसार सबैभन्दा बढी बाजुरामा ८० र सबैभन्दा कम भोजपुरमा ६१ प्रतिशत मत खसेको छ।
मतदान सकिएसँगै १५ हजार पदको निम्ति चुनावमा भिडेका ६२ हजार उम्मेदवारको भाग्य मतपेटिकामा बन्द हुन पुगेको छ।मतपेटिका संकलन भइरहेको र जतिसक्दो चाँडै मतगणना शुरु गरिने आयोगको भनाइ छ।
प्रमुख निर्वाचन आयुक्त यादवले भने, जहाँ(जहाँ मतपेटिका संकलन भैसकेको हुन्छ, त्यहाँ राजनीतिक दल, उम्मेदवारसँग छलफल गरेर आजै वा भोलिबाट मतगणना शुरु गरिन्छ।अघिल्लोभन्दा छिटो मतपरिणाम आउने पनि बताए।केही दलले बहिष्कार गर्दै चुनाव हुन नदिने घोषणा गरेकाले पहिलोभन्दा दोश्रो चरणको निर्वाचनलाई चासोपूर्वक हेरिएको थियो।
दुई दशकपछि स्थानीय सरकार गठन हुन लागेकाले यो चुनाव थप महत्वपूर्ण बन्न पुगेको हो।प्रदेश नम्बर ३, ४ र ६ मा डेढ महिनाअघि स्थानीय चुनाव सम्पन्न भइसकेको छ।आठवटा जिल्ला रहेको प्रदेश नम्बर २ को चुनाव असोजमा तोकिएको छ।