HongKongNepali.com, The Next Media

Saturday
Nov 18th
Home नेपाल तथा विश्व समाचार आदिबासी जनजाति चलचित्र महोत्सवको समुट्घाटन सभामुखले गर्ने

आदिबासी जनजाति चलचित्र महोत्सवको समुट्घाटन सभामुखले गर्ने

E-mail Print PDF
AddThis Social Bookmark Button

१६ असार, काठमाण्डौ

आदिबासी जनजाति चलचित्र महोत्सव २०७४ को समुद्घाटन सम्माननीय सभामुख ओनसरी घर्ती मगरले गर्नु हुने भएको छ । यहि असारको १७, १८ र १९ गते आदिबासी जनजाति चलचित्र महासंघले आयोजना गर्न लागेको महोत्सवको उद्घाटन सभामुखबाट गर्न लागिएको जानकारी महासंघका अध्यक्ष अमृत सुनुवारले दिनुभएको छ ।

साथै महोत्सवलाई भव्य र प्रभावकारी ढंगबाट सम्पन्न गर्नको लागि अन्तिम तयारी पुरा भएको समेत उहाँले बताउनु भएको छ । नेपाल पर्यटन बोर्डको हल भृकुटी मण्डप, काठमाण्डौमा भोली शनिवार विहान ११ः०० बजे विभिन्न जातिय झाँकीहरुको प्रस्तुति सहित समुट्घाटन समारोह गर्न लागिएकाले सम्पुर्णलाई उपस्थितिको लागि समेत उहाँले अनुरोध गनुभयो ।

महोत्सवमा आदिबासी जनजाति चलचित्र महासंघ अन्तरगत रहेका जातिय संस्थाहरुबाट छनौट भएका आदिवासी जनजाती चलचित्र, वृत्तचित्र, र छोटा चलचित्र गरी १८ वटा चलचित्र प्रदर्शन गरिने भएको छ ।

महोत्सवमा प्रति चलचित्र हेर्नको लागि रु १०० को प्रवेश शुल्क लाग्ने र छोटो चलचित्रहरुको लागि भने प्याकेजमा व्यवस्था रहेको साथै महोत्सवमा सहभागिता जनाउने सवै चलचित्रहरुलाई प्रोत्साहन स्वरुप प्रति चलचित्र रु ५,००० नगद प्रदान गरिने र  पव्लिक च्वाईस अवार्ड पाउनेलाई रु २५,००० नगद पुरस्कार समेत प्रदान गरिने कुरा यस अगाडि नै आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइसकिएको थियो ।

पछिल्लो समय मौलिक नेपाली कलासंस्कृतिहरुको अवस्थाबारे सवैको चासो र अध्ययन गर्नुपर्ने कुरामा चेतनाको विकास भएकोले नेपाली समाज, नेपाली मौलिक कला संस्कृतिहरुको चित्रण यस्ता आदिबासी जनजाति चलचित्रहरुले गर्ने हुदाँ यसको बारेमा हेर्ने र अध्ययन गर्ने अवसर पनि यो महोत्सवमा रहेको हुदाँ धेरै भन्दा धेरै खाले आम दर्शकहरुको उपस्थित हुने कुरामा ढुक्क रहेको कुरा महासंघका पुर्व अध्यक्ष प्रतिमाया पुन मगरले जानकारी दिनुभएको छ ।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News