HongKongNepali.com, The Next Media

Wednesday
Sep 20th
Home नेपाल तथा विश्व समाचार मगर संघ चाउथेद्वारा एक दिवसीय उद्घोषण तालिम सम्पन्न

मगर संघ चाउथेद्वारा एक दिवसीय उद्घोषण तालिम सम्पन्न

E-mail Print PDF
AddThis Social Bookmark Button

रूद्र श्रीसमगर

पोखरा, १७ असार

नेपाल मगर संघ चाउथे कदममार्ग एकाइ समिति, पोखरा लेखनाथ महानगरपालिका वडा नं. १४, कास्कीले एक दिवसीय उद्घोषण तालिम सम्पन्न गरेको छ । 

शनिबार आयोजित तालिममा पत्रकार रूद्रबहादुर श्रीसमगरले उद्घोषण कला तथा भाषण कलाका बारेमा सहजीकरण गर्नुभएको थियो । तालिमका सहभागीहरूले उद्घोषण तथा भाषणको अभ्यास समेत गरेका थिए ।

नेपाल मगर संघ चाउथे कदममार्ग एकाइ समितिकी अध्यक्ष सुनमाया आलेमगरले समाजमा आबद्ध व्यक्तिहरूको क्षमता अभिवृद्धि गर्नका लागि तालिमको आयोजना गरिएको बताउनुभयो । एकाइ सचिव यमसरी थापामगरले तालिमले समाजलाई प्रगतिपथमा डो¥याउन ऊर्जा दिने उल्लेख गर्नुभयो ।

समाजसेवी सु. मनबहादुर रानामगरले एक दिनको अवधि छोटो भएपनि तालिम निकै उपलब्धीपूर्ण भएको बताउनुभयो । त्यस्तै, अर्का समाजसेवी केशबहादुर रानामगरले तालिममा सिकेका कुराहरूलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो ।

 

Add your comment

Your name:
Subject:
Comment: