HongKongNepali.com, The Next Media

Saturday
Jun 23rd
Home नेपाल तथा विश्व समाचार नेपाली कफी पुरस्कृत

नेपाली कफी पुरस्कृत

E-mail Print PDF
AddThis Social Bookmark Button

३ जुलाई २०१७,  हरेक वर्ष फ्रान्समा आयोजना गरिने एक अन्तर्राष्ट्रिय कफी प्रतियोगिताको २०१७ संस्करणमा नेपाली कफी पनि पुरस्कृत भएको छ ।

नेपालको ग्रिनल्याण्ड अर्ग्यानिक फार्मले उत्पादन गरेको ‘हिमालयन अरेबिका’ कफीले ‘इन्टरनेशनल कन्टेस्ट अफ कफीज रोस्टेड इन देर कन्ट्रिज अफ ओरिजिन २०१७’ मा ‘पुइस आमेर’ कडा कफी विधा अन्तरगत उत्कृष्ट ‘गोर्मे’ कफीको उपाधि जितेको हो ।

पेरिसमा आयोजित एक कार्यक्रममा फ्रान्सका लागि नेपाली राजदूत अम्बिका देवी लुईँटेलले ग्रिनल्याण्डको तर्फबाट पुरस्कार ग्रहण गरेको हिमालयान अरेबिकाकाले जानकारी दिए ।

हिमालयान अरेबिकाकाले गत वर्ष पनि यो सम्मान पाएका थियौ ।प्रतियोगिताको वेभ साइटका अनुसार ब्राजिल, क्यामेरून, कोस्टा रिका, एल साल्भाडोर, इथियोपिया, ग्वाटेमाला, हन्डुरास, मेक्सिको, नेपाल, फिलिपिन्स, थाइल्याण्ड, टोगो, अमेरिका र भियतनामला कफीले कार्यक्रममा सहभागिता जनाएका थिए ।

 

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News