HongKongNepali.com, The Next Media

Saturday
Nov 18th
Home नेपाल तथा विश्व समाचार दशैंसम्म मेलम्ची परियोजना सम्पन्न नहुने

दशैंसम्म मेलम्ची परियोजना सम्पन्न नहुने

E-mail Print PDF
AddThis Social Bookmark Button

११ जुलाई २०१७, आउने दशैंसम्म काठमाण्डौंबासीको घर-घरमा आइपुग्ने भनिएको मेलम्ची नदीको पानीको परियोजना सम्पन्न  हुन सक्ने देखिएको छ।

सरकारले उक्त समयसीमा हालसम्म कायमै राखे पनि त्यतिञ्जेलमा पूरै सुरुङ्ग खन्न सकिने सम्भावना कमै रहेको अधिकारीहरु नै स्वीकार्छन्।तर सुरुङ्ग, पाइपलाइन तथा पानी प्रशोधनको काम ९० प्रतिशतभन्दा धेरै सकिएको उनीहरुको भनाइ छ।

सोमबार सम्मको आँकडा हेर्ने हो भने मेलम्ची खोलाको पानीलाई सुन्दरीजलस्थित प्रशोधन केन्द्रसम्म ल्याइपुर्याउन आवश्यक करिब २६ किलोमिटर लामो सुरुङ्ग मध्ये अब केवल २५८८ मिटर मात्र खन्न बाँकी छ।खन्ने औसत गति २० मिटर प्रतिदिनको हाराहारीमा छ।सो हिसाबले बाँकी सुरुङ्ग खन्न अझै १३० दिन लाग्छ।

खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव भिमप्रसाद उपाध्यायका अनुसार कामलाई गति दिने प्रयास तीव्र बनाइएको छ।दशैंमा भनेको तर सुरुङ्गको खन्ने काम एकदम जटिल अवस्थामा पुगेको छ। धेरै विचार पुर्याएर खन्नुपर्ने स्थानहरु आइपरेका छन्। तर पनि बढीमा एकाध महिना ढिलो होला। हामी अझै यो खन्ने कामलाई तीव्रता दिने कोशिशमा छौं।

नेपालमा पहिलोपटक यति लामो सुरुङ्ग खनेर खानेपानी आपूर्ति गर्न लागिएको उक्त परियोजनाको यो नै सबभन्दा खर्चिलो तथा समय लाग्ने खण्ड भएको बताइन्छ।हालसम्म सुरुङ्गका निम्ति मात्रै २० अर्ब रुपियाँ खर्च भइसकेको र अझै दुई अर्ब लाग्ने सचिव उपाध्यायले बताए।

मेलम्ची परियोजनाको अर्को खण्ड अन्तर्गत पानी प्रशोधन तथा जलाशयहरु अनि पाइपलाइन निर्माण हो।साउनको अन्तिम सातातिर बाग्मतिको पानी प्रशोधन गरेर पाइपमा पठाई परीक्षण गर्न लागिएको बताइएको छ।यो मेलम्ची परियोजनाबाट उपत्यकाका निम्ति दैनिक १७ करोड लिटर पानी आपूर्ति गरिने योजना छ।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News