HongKongNepali.com, The Next Media

Friday
Oct 20th
Home नेपाल तथा विश्व समाचार दलहरुले उम्मेदवार छान्ने प्रक्रिया शुरु गरे

दलहरुले उम्मेदवार छान्ने प्रक्रिया शुरु गरे

E-mail Print PDF
AddThis Social Bookmark Button

५ अक्तोवर २०१७,पार्टी एकताको उद्देश्यका साथ बनेको ुवामपन्थी गठबन्धनु र त्यस लगत्तै बनेको प्रजातान्त्रिक गठबन्धनुका कार्यदलहरुले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा दलीय सहभागिताको आधार तय गर्न र उम्मेदवार छान्ने प्रक्रिया शुरु गरेका छन्।

नेपाली कांग्रेसको नेतृत्वमा ुप्रजातान्त्रिक धारुका दलहरुको गठबन्धन गर्न भनी ऊसहित अन्य पाँच दलका प्रतिनिधि सम्मिलित कार्यदलको बिहीवार बसेको बैठकले शुक्रबारदेखि ुगम्भीरु छलफल गर्ने बताएको छ।

पार्टी एकताको उद्देश्यका साथ चुनावी गठबन्धनको सहमति गरेका नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीले भने उम्मेदवार छान्ने प्रक्रिया शुरु गरेका छन्।दुवै गठबन्धनको प्रारम्भिक बैठकले पछिल्लो संविधानसभा निर्वाचन र स्थानीय निर्वाचनको परिणामलाई संख्या विभाजनको आधार बनाउने सहमति गरेको बताइएको छ।

स्थानीय निर्वाचनमा उनीहरुकै शब्दमा सन्तोषजनकु नतिजा हासिल गर्न नसकेका अधिकांश दल रहेको ुप्रजातान्त्रिक गठबन्धनुको कार्यदलले आसन्न निर्वाचनमा पूर्ण रुपमा सफल हुने गरीु तालमेलको खाका कोर्ने कार्यदलका एकजना सदस्यले बताए।

हचुवाका भरमा सिटको दाबी गर्नुभन्दा वस्तुगत आधारमा चुनावी तालमेल भएमा विद्यमान जटिल राजनीतिक परिस्थितिको अन्त्य हुने कार्यदलका सदस्य तथा राष्ट्रिय जनता पार्टी राजपा नेपालका नेता सर्वेन्द्रनाथ शुक्लले बताए।हालसालै स्थानीय तहको निर्वाचनमा जुन मतको स्थिति देखिएको छ त्यो एउटा मूल आधार बन्नुपर्छ र त्यसपछि विगतका निर्वाचनमा प्राप्त मतको आधार पनि समेटिनुपर्छ। भागवण्डा गरेर सिट गुमायौं भने त्यसको अर्थ हुँदैन।स्थानीय तहको निर्वाचनमा कैयौं ठाउँमा दुवै गठबन्धनमा रहेका दलहरुले एकअर्कासँग कतिपय स्थानमा चुनावी तालमेल गरेका थिए।

आकस्मिक रुपमा बद्लिएको राजनीतिक घटनाक्रमका माझ हतारमा र सैद्धान्तिक भिन्नता भएपनि गर्नुपर्ने देखिएको चुनावी तालमेल सजिलो भने नभएको प्रजातान्त्रिक गठबन्धनुको कार्यदलकै सदस्यहरु बताउँछन्।नेपाली कांग्रेससहित छ दल सम्मिलित आठ सदस्यीय कार्यदलले शुक्रबारदेखि ुगम्भीरु रुपमा काम गर्ने अर्का सदस्य तथा कांग्रेस नेता मिनेन्द्र रिजालले बताए।

माओवादी केन्द्र, नयाँ शक्तिको गठवन्धनपछि कांग्रेसले नयाँ गठवन्धन बनाउने प्रयास थालेको छ।प्रजातान्त्रिक गठबन्धनुको कार्यदलमा कांग्रेसबाट रिजालका अतिरिक्त विमलेन्द्र निधि र पूर्ण बहादुर खड्का, राजपाका शुक्ल, संघीय समाजवादी फोरमका रामसहाय यादव, फोरम लोकतान्त्रिकका रामजनम चौधरी, राप्रपाका बुद्धिमान तामाङ्ग र राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डे रहेका छन्।

वामपन्थी गठबन्धनुको कार्यदलले तालमेलको सबैभन्दा चुनौतीपूर्ण मानिएको उम्मेद्वार छनोटको काम सक्न एकता संयोजन समितिबाट तीन दिनभित्र काम सक्न निर्देशन पाएको छ।कार्यदलको बिहीवारको पहिलोपछि कार्यदलका संयोजक एवम् एमाले महासचिव ईश्वर पोख्रेलले भने, २०७० सालको संविधानसभा निर्वाचन र हालै सम्पन्न स्थानीय तहको निर्वाचनको परिणामलाई नै सिट संख्या बाँडफाँडको आधार बनाएका छौं। त्यही आधारमा टेकेर थप छलफल गर्छौं।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News