HongKongNepali.com, The Next Media

Friday
Oct 20th
Home नेपाल तथा विश्व समाचार निवर्तमान डीआईजी सिलवाल एमाले प्रवेश

निवर्तमान डीआईजी सिलवाल एमाले प्रवेश

E-mail Print PDF
AddThis Social Bookmark Button

६ अक्तोवर २०१७,करीव ३० वर्षको प्रहरी जीवनमा सधैं जय नेपालको स्यालुट गरेका निवर्तमान डीआईजी नवराज सिलवाल शुक्रवार फरक भावभंगीमा प्रस्तुत भए । उनकै शब्दमा ‘युगपुरुष’ केपी शर्मा ओलीको हातबाट टीका लगाएर एमाले प्रवेश गरेपछि उनले भाषण टुङ्ग्याउँदै धन्यवाद भने । फेरि के सम्भिmए कुन्नि, माइक समातेर हात उठाउँदै भने लाल सलाम ।प्रहरीले भन्ने गरेको जय नेपाल शब्दलाई राजनीतिक दलहरुमा कांग्रेसले प्रयोग गर्छ । कांग्रेसबाट अन्यायमा परेको गुनासो गर्दै आएका पूर्वडीआईजी सिलवालले शुक्रवारबाट बिधिवत रुपमा जय नेपाल शब्द त्यागेर लाल सलाम अँगाले ।

सम्झी सम्झी लालसलाम भनेपछि बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा ताली र सुसेलाको गडगडाहट सुनियो ।पार्टी प्रवेशका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीकै गाडीमा कार्यक्रमस्थल पुगेका सिलवाललाई एमाले कार्यकर्ताले ओलीलाई भन्दा बढी ताली र हुटिङबाट स्वागत गरे । ललितपुर गोदावरीका स्थायी बासिन्दा सिलवाल पार्टी प्रवेश भने काठमाडौं जिल्ला कमिटीको कार्यक्रममार्फत गरे ।

पार्टी प्रवेशपछि बोल्ने समय पाएका सिलवालको भाषण कस्तो होला भन्ने सबैको कौतुहलता थियो । धेरैलाई आश्चर्यमा पार्दै पूर्वप्रहरी अफिसर सिलवालले विश्व कम्युनिस्ट आन्दोलनका नेता रुसी क्रान्तिका नायक भी आई लेनिनको उद्दरणबाट आफ्नो भाषण शुरु गरे ।

लेनिनको उक्तिलाई अंग्रेजीमा सुनाउँदै उनले भने, ‘यदि तिमीले राजनीतिलाई हस्तक्षेप गरेनौं भने एक दिन तिमीलाई राजनीतिले हस्तक्षेप गर्नेछ भनेर महान लेनिनले भन्नुभएको थियो । वास्तवमा म राजनीतिबाट पीडित भएको सिपाही हुँ । मलाई राजनीतिले हस्तक्षेप गरेपछि मैले राजनीतिमा हस्तक्षेप गर्नैपर्ने भयो । त्यसको लागि उपयुक्त ठाउँ एमाले बाहेक अरु देखिँन ।’

हिजोसम्म राज्यको फौजी संगठनका एक सिपाही सिलवालले लेनिनको उक्तिबाट भाषण शुरु गर्नासाथ एमाले कार्यकर्ताहरुले गडगडाहट ताली बजाए । त्यसपछि उनले भने, ‘म हिजोसम्म राज्यको बफादार सिपाही थिएँ, आजबाट एमालेको इमान्दार सिपाही भएँ । यो देशको सेवा गर्ने उत्साह अझ बढेको छ ।’

सामाजिक सञ्जालहरुमा आफ्नो एमाले प्रवेशबारे बिभिन्न प्रतिक्रिया पाइरहेको भन्दै उनले सोही भाषणमार्फत सबैलाई एकमुष्ठ जवाफ दिन चाहेको बताए । उनले भने, ‘ममाथि अन्याय भयो । मेरो अस्थित्वमाथि प्रहार भयो । न्याय र अस्थित्व जोगाउन एमाले प्रवेश गरेको हुँ, एमाले बाहेक अन्य पार्टीबाट न्याय र नागरिकको अस्थित्व जोगाउन सम्भव छैन ।’

आईजीपी नियुक्ति प्रकरणमा तत्कालिन कांग्रेस सभापति शेरवहादुर देउवाको कोपभाजनमा परेको गुनासो गर्दै आएका सिलवालले भाषणमा देउवाको नाम त लिएनन् । तर, संकेत गर्दै भने, ‘केही व्यक्ति र राजनीतिक पार्टी आफूलाई लोकतन्त्रको मसिहा त भन्छन् । तर, उनीहरु लोकतन्त्रको खोल ओढेका अलोकतान्त्रिक अनुहार रहेछन् ।’

एमाले नै किन प्रवेश गरेको भनेर धेरैले प्रश्न गरेको भन्दै उनले एमाले बाहेक अरु दलबाट अब नेपालको सम्बृद्धि सम्भव नरहेको दाबी गरे । उनले एमालेले समाजवादको वैज्ञानिक ब्याख्या गरेको र सामाजिक न्यायको सन्दर्भमा एमालेको जस्तो नीति अरु दलको नरहेको तर्क गरे ।

एमाले सुप्रिमो ओलीले समारोहमा नै सिलवाललाई महत्वपूर्ण जिम्मेवारी दिने संकेत दिए । उनले सिलवालमाथि अन्याय गर्नेलाई देखाउने ढंगले हेर्दै जाउँ भने ।नवराज सिलवालको व्यक्तित्वका धेरै पाटा छन् । उहाँ भइसकेको तर, हुन नदिइएको आईजीपी, बन्न नदिइएको एआईजी र रोकेर राखिएको डीआइजी पनि हो । अहिले केही भनौं हेर्दै जाऊँ ।

सिलवालमाथि अन्याय भएकाले न्याय दिइने उनले बताए । एउटा र्डआईजीले न्याय नपाउने र घुस खान्न भन्ने प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने बेथितिपूर्ण अवस्थाबाट मुलुकलाई मुक्त गर्न सबै पीडितहरु एमालेमा गोलबद्ध भएको उनले बताए ।कसैको नाम त लिएनन् तर, सिलवालको नम्बर किर्ते गर्नेदेखि सुशीला कार्कीलाई महाअभियोग लगाउनेसम्मका हर्कत महिशासुसर प्रवृति भएको टिप्पणी गरे ।

 

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News