HongKongNepali.com, The Next Media

Friday
Oct 20th
Home नेपाल तथा विश्व समाचार गठवन्धन दलहरुमा सिट बाँडफाँडमा खिचलो

गठवन्धन दलहरुमा सिट बाँडफाँडमा खिचलो

E-mail Print PDF
AddThis Social Bookmark Button

९ अक्तोवर २०१७, दुवै गठवन्धनमा आसन्न चुनावमा उठने नेताहरुको सिट बाँडफाँडमा दलहरुमा खिचलो ।

गठवन्धन बनाएर आसन्न चुनावमा भाग लिने कसरतमा लागेका प्रमुख दलहरुमा शीर्षस्थ नेता उठ्ने सम्भावित निर्वाचन क्षेत्र र गठजोडमा सहभागी हुने अन्य पार्टीलाई कस्तो स्थान दिने भन्नेबारे यकीन गर्न ढिलाइ भएपछि सिट बाँडफाँडमा खिचलो देखिएको छ।

नेपाली काँग्रेस नेतृत्वको प्रस्तावित गठबन्धनमा सहभागी हुने दलहरुले आफ्नो दललाई चाहिने सिट संख्या काँग्रेसलाई बुझाएको र त्यहाँबाट निर्णय नआएको नेताहरुले बताएका छन् भने वाम गठवन्धनको हकमा, थप कति दल सहभागी हुनेछन् भन्ने विषयले अन्योल थपेको देखिन्छ।

दुवै गठबन्धनले २०७० सालमा भएको संविधानसभा निर्वाचन र हालै सम्पन्न स्थानीय तह निर्वाचनको परिणामलाई सिट बाँडफाँटको मुख्य आधार बनाउने मापदण्ड तय गरेका थिए।

लिखित रुपमै पार्टी एकतासम्म गर्ने भन्दै तत्कालका लागी संयुक्त रुपमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिने घोषणा गरेका नेकपा एमाले र माओवादी केन्द्रले बनाएको कार्यदललाई सिट संख्याको बाडँफाँड मिलाउन तीन दिनको समय दिइएको थियो।

समयावधि घर्किसकेको उक्त कार्यदलको बैठकसम्म पनि बस्न सकेन।सहमति बमोजिम प्रत्यक्ष तर्फको १ सय ६५ सिटमध्ये एमालेले करिब ९९ र माओवादी केन्द्रले ६६ वटा सम्भावित निर्वाचन क्षेत्रको खाका कार्यदलमा पेश गरेको बताइएको छ।

गठबन्धनमा सहभागी हुने अन्य दलको संख्या कति हुने र उनीहरुलाई कतिवटा निर्वाचन क्षेत्र छोड्ने भन्ने टुङगो लाग्न बाँकी रहेकाले कार्यदलले आफ्नो काम अगाडि बढाउन नसकेको कार्यदलका सदस्यहरुको भनाइ छ।

कार्यदलका एक सदस्य, माओवादी केन्द्रका नेता वर्षमान पुनले भने, ूशीर्ष नेतृत्व बसेर अरु पार्टी र व्यक्तिलाई दिने सिट संख्याको टुङगो लगाउँछ, मुख्य नेताहरु को को कहाँबाट उठने भन्ने मोटामोटी त्यो निर्णय भयो भने बाँकी हामी कार्यदल स्तरमा काम गर्छौं।

पार्टी एकता संयोजन समितिबाट त्यसको निर्णय भएर आएलगत्तै हाल कार्यदलमा पेश गरिएको सम्भावित क्षेत्रलाई नै आधार बनाएर भागवण्डा मिलाउने योजनामा कार्यदलका सदस्यहरु रहेका छन्।च्क्ष्ब्त्त्यसका लागि अझै केही दिन लाग्न सक्ने संकेत कार्यदलका सदस्य एवम् एमाले नेता सुरेन्द्र पाण्डेले गरे।मंगलबार नटुङगिन पनि सक्छ किनभने हामीले उमेद्वारी दर्ताको समय सीमालाई पनि हेरिरहेका छौं। त्यसका लागी समय अझै छ।

नेपाली काँग्रेस नेतृत्वको प्रस्तावित गठबन्धनमा सहभागी हुने भनिएका छ दलले पनि आफूहरुले गठबन्धनमा निर्वाचन लडदा पाउनु पर्ने सिटको माग नेपाली कांग्रेससँग गरिसकेको बताइएको छ।त्यसमा सबैभन्दा पेचिलो बनेको छ प्रदेश नम्बर २ को प्रतिनिधिसभा सिट संख्याको बाँडफाँट।

राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी पार्टीको गठबन्धनले राखेको प्रस्तावमा नेपाली काँग्रेस हालसम्म निर्णयमा पुग्न नसकेको बताइएको छ।कार्यदलका सदस्य राजपा नेता सर्वेन्द्रनाथ शुक्लले भने, ूप्रदेश नम्बर २ का २० वटा सिट त हामी काँग्रेससँग नमिलेर चुनाव लडदा पनि जित्ने अवस्था छ। त्यसैले ३२ वटा मध्ये २४ वटा सिट मागेका छौं तर अहिलेसम्म निर्णयआएको छैन।

देशभरबाट नेपाल लोकतान्त्रिक फोरमले २० सिट, राष्ट्रिय प्रजातन्त्र पार्टी र उसबाट फुटेको राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले १५र१५ सिटको माग कांग्रेससँग गरेको बताइएको छ।

पार्टीभित्र र शीर्षस्थ नेताहरुबीच छलफल गरेर फेरि बस्ने सहमति भएकाले कांग्रेस नेतृत्वको कार्यदलको बैठक सम्भवतस् मंगलबार बस्ने नेताहरुले बताएका छन्।

 

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News