HongKongNepali.com, The Next Media

Friday
Jul 20th
Home नेपाल तथा विश्व समाचार राष्ट्रपति भण्डारीले मिलेर निर्वाचन गराउन आह्वान

राष्ट्रपति भण्डारीले मिलेर निर्वाचन गराउन आह्वान

E-mail Print PDF
AddThis Social Bookmark Button

१७ अक्तोवर २०१७, आगामी मंसिर १० र २१ गतेका लागि तय प्रतिनिधिसभा र प्रदेशसभा प्रमुख दलहरुलाई मिलेर निर्वाचन गराउन आह्वान गरेकी छन्। मुलुकको आर्थिक र सामाजिक विकासका लागि महत्वपूर्ण भएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेकी छन्।

पछिल्लोपटक राजनीतिक ध्रुवीकरण तीब्र बनेपछि निर्धारित चुनावी मितिलाई लिएर आशंका व्यक्त भइरहेका बेला राष्ट्रपति भण्डारीले निर्वाचनका लागि राष्ट्रिय एकताको आवश्यकता औंल्याएकी हुन्।

यद्यपि उनले निर्वाचनका मुखमा दलहरुबीच भइरहेको गठबन्धनको प्रशंसा गरेको दलका नेताहरुले बताएका छन्।चुनावको औपचारिक प्रक्रिया शुरु र संसद अन्त्य भएलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले मुख्य भनिएका नौ दलसँग सोमबार शीतल निवासमा छलफल गरेकी हुन्।

ती दलका शीर्ष नेता तथा पूर्वप्रधानमन्त्रीहरुसँग भएको छलफलमा उनले आगामी निर्वाचनहरु राष्ट्र निर्माणका लागि सुनौलो अवसर भएकोले सबै दल मिलेर उक्त कार्यभार सम्पन्न गर्नुपर्नेमा जोड दिएको राष्ट्रपतिको कार्यालयका अधिकारीहरुले बताएका छन्।

उक्त कार्यालयका सञ्चारविज्ञ माधव शर्माले भने, चुनावका लागि सबै एकजुट भएकोप्रति प्रसन्नता व्यक्त गर्दै राष्ट्रपतिले पक्षविपक्ष सबै दल निर्वाचन गराउन सक्रिय रहेकोले यो नेपाल र नेपालीका लागि सुनौलो अवसर भएको बताउनुभयो। र, सबै मिलेर निर्वाचनको कार्यभार पार लगाउनुहुनेछ भन्ने उहाँको दलहरुका सामु आग्रह रह्यो।ुु

राजनीतिक दलहरुबीच पछिल्लो समय ध्रुव्रीकरण भइरहेका बेला निर्धारित चुनावी मिति प्रभावित हुनसक्ने कतिपयका आशंकाबीच राष्ट्रप्रमुखले गरेको छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ।

राष्ट्रपति कार्यालयका अनुसार उनले राष्ट्रिय एकताबाट नै मुलुकका जल्दाबल्दा समस्याको समाधान गर्न सकिनेतर्फ दलहरुको ध्यानाकर्षण गराएकी छन् जसलाई, त्यही राजनीतिक ध्रुवीकरणपछि उत्पन्न तिक्ततातर्फ संकेत गरेको रुपमा हेरिएको छ।तर पार्टीहरु मिल्ने क्रमप्रति भने राष्ट्रपति खुशी देखिएको बताइएको छ।

राष्ट्रपतिसँगको भेटपछि कांग्रेस नेता रामचन्द्र पौडेलले भने, सबै मिलेर शान्तिपूर्ण ढङ्गले चुनाव सम्पन्न गर्ने कुरामा दलका नेताहरुलाई उहाँले शुभकामना दिनुभयो। आजै मात्र भएको फोरम लोकतान्त्रिक र कांग्रेसबीचमा भएको एकीकरण गर्ने सहमतिप्रति पनि उहाँले खुशी व्यक्त गर्नुभयो।प्रधानमन्त्री शेरबहादुर देउवासहितको छलफलमा राष्ट्रपतिले सरकार र सबै पार्टी मिलेर निर्वाचन स्वच्छ र निष्पक्ष रुपमा सम्पन्न गर्नुपर्नेमा जोड दिएको बताइएको छ।

एमाले नेता वामदेव गौतमले भने, सबै शक्तिहरु अब चुनावपछि देशको पुनर्निर्माणमा लाग्नुपर्छ। तद्अनुरुप चुनावको वातावरण बनाउनुहोला। अहिले फुटेका पार्टी जुट्दै एकीकृत शक्ति निर्माण गर्दैछन्। यो देखेर मलाई धेरै खुशी लागेको बताउँदै अब देश स्थिरतातर्फ जाने भन्दै उहाँले आज बिदा गर्नुभयो।ुदलहरुकातर्फबाट एमाले नेता माधवकुमार नेपालले निर्वाचन गराउन आफूहरु मिलेर जाने प्रतिबद्धता ब्यक्त गरेको बताइएको छ।

तिहार र छठ अगाडि शुभकामना आदानप्रदानको पनि मौका बनाइएको पछिल्लो भेटलाई राष्ट्रपतिले दलहरुबीच मतान्तरका माझपनि चुनाव तोकिएकै मितिमा सम्पन्न गर्नुपर्ने सन्देश दिन उपयोग गरेको कतिपयले ठानेका छन्।

 

Add your comment

Your name:
Subject:
Comment: