रूद्र श्रीसमगर
पोखरा, ९ कात्तिक
बागलुङ–पोखरा मगर समाजले बिहीबार आयोजना गरेको देउसी भैलो कार्यक्रमबाट १ लाख ६ हजार रुपैयाँ संकलन गरेको छ ।सो अवसरमा नाचगानसहित खानपानमा समेत बागलुङे मगरहरू रमाएका थिए । सो अवसरमा समाजका सांस्कृतिक संयोजक एवं लोक तथा दोहोरी गायक सञ्जय पुनमगर र लोक तथा दोहोरी गायिका भवि घर्तीमगरले सांगीतिक प्रस्तुती राखेका थिए ।
कार्यक्रममा म्यूजिक भिडियो निर्देशक एवं मोडल गोविन्द पुनमगर, समाजका पूर्व अध्यक्ष एवं राजनीतिज्ञ भीमबहादुर श्रीसमगरलगायतले समेत नाचगानमा सहभागिता जनाएका थिए ।
समाजका अध्यक्ष रामबहादुर पुनमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव गजेन्द्र थापामगरले गर्नुभएको थियो भने उपाध्यक्ष कृष्णाकुमारी श्रीसमगरले स्वागत गर्नुभएको थियो ।