Home नेपाल तथा विश्व समाचार प्रधानमन्त्री देउवाले एमालेको आलोचना गरे

प्रधानमन्त्री देउवाले एमालेको आलोचना गरे

E-mail Print PDF
AddThis Social Bookmark Button

८ नोभेम्वर २०१७, तराईको एक प्रमुख नगर जनकपुरधाम पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनमा असहयोग गरेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेको आलोचना गरेका छन्।

दलहरुले हिमालदेखि तराईको समथर भूभागसम्म मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको चुनावको प्रचारप्रसार तीव्र बनाइरहेका बेला बुधबार देउवा मध्य तराई पुगेका थिए। मतदाताको मन जित्ने प्रयास गर्दै आफ्नो दल तराईवासीप्रति संवेदनशील रहेको बताए।

तराई भेगमा तराई केन्द्रित दलहरुको गठबन्धनको बीचमा नेपाली कांग्रेसलाई चुनाव जिताउने अभियानमा प्रधानमन्त्री देउवा जनकपुरधाम पुगेका हुन्।चुनावी सभामा बोल्ने क्रममा उनले तराई केन्द्रित दलहरुको आलोचना नगरेपनि वाम(गठबन्धनको भने विरोध गरे।

तराईका मतदाताहरुको मन जित्न खोजेका देउवाले तराईमा अझै गरिबी र पछौटेपन रहेको स्वीकारे।संविधानमा समेत उनीहरुले अधिकार कम पाएको उनले बताए।

प्रदेश नम्बर २ मा कांग्रेसको तराई केन्द्रित दलहरुसित मुख्य रुपमा प्रतिस्परर्द्धा देखिएपनि प्रधानमन्त्री देउवाले ती दलहरुको आलोचना गरेनन्।

प्रधानमन्त्री देउवाले आफनो भाषण तराईवासीलाई खुसी पार्न केन्द्रित गरेका थिए।तर उनले वाम(गठबन्धनले घोषणापत्र सार्वजनिक गरेको भोलिपल्ट उसको कडा आलोचना गरे।नेपाली कांग्रेसले संविधान संशोधनको प्रस्ताव संसदमा राखेकै हो। माओवादी केन्द्रले पनि सक्दो गरेकै हो। तर एमाले र अरु साना दलहरुले सहयोग नगर्दा संशोधन प्रस्ताव पास हुन सकेन।

धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा कांग्रेसका नेता विमलेन्द्र निधि र राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालका नेता राजेन्द्र महतोबीच प्रतिस्पर्धा भइरहेको छ।तराई केन्द्रित दलहरु र कांग्रेसबीच लोकतान्त्रिक गठबन्धनको मुख्य वाधक यसै निर्वाचन क्षेत्रलाई मानिएको छ।

प्रधानमन्त्री देउवाले बुधबार बिहान प्रदेश नम्बर २ का सुरक्षा प्रमुखहरुलाई मतदाताहरुलाई भयरहित वातावरणमा मतदान गर्न सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका थिए।