HongKongNepali.com, The Next Media

Thursday
Dec 14th
Home नेपाल तथा विश्व समाचार इरान र इराकको सीमा क्षेत्रमा ७ दशमलव ३ रेक्टर स्केलको भूकम्प

इरान र इराकको सीमा क्षेत्रमा ७ दशमलव ३ रेक्टर स्केलको भूकम्प

E-mail Print PDF
AddThis Social Bookmark Button

१३ नोभेम्वर २०१७, इरान र इराकको सीमा क्षेत्रमा आएको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको संख्या १३३ पुगेको छ ।

३ सय जना घाइते भएका छन्, ७ दशमलव ३ रेक्टर स्केलको भूकम्पबाट इरानका १४ राज्य प्रभावित भएका छन् ।अमेरिकी भौगर्भिक सर्वेका अनुसार इरानको कुर्द शहर हलबजा भन्दा ३२ किलोमिटर दक्षिण पश्चिम क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । अन्तर्राष्ट्रिय समय अनुसार आज बिहान ६ बजेर १८ मिनेट जाँदा ३३ दशमलव ९ किलोमिटर गहिराईमा भूकम्प गएको थियो ।

इरान र इराकको सीमामा पहाडी क्षेत्र पर्दछ । भूकम्पको कारण सो क्षेत्रमा भूक्षय गएको छ । प्रभावित राज्यहरुमा विद्युत र टेलिफोन सेवा समेत बन्द भएको छ । जसका कारण भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्य प्रभावित भएको छ ।

भूकम्प गएको बेलाको भिडियो सामाजिक सञ्जालहरुमा सार्वजनिक भएका छन् जसमा मानिसहरु रुवाबासी गर्दै भागदौड गरिरहेको देखिन्छ ।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News