HongKongNepali.com, The Next Media

Thursday
Dec 14th
Home नेपाल तथा विश्व समाचार जिम्बाब्वेको सेनाले देश नियन्त्रणमा लिए

जिम्बाब्वेको सेनाले देश नियन्त्रणमा लिए

E-mail Print PDF
AddThis Social Bookmark Button

१५ नोभेम्वर २०१७, जिम्बाब्वेको सेनाले देशको नियन्त्रण आफ्नो हातमा लिएपछि राष्ट्रपति मुगाबेको स्थितिबारे अडकलबाजीहरु चलिरहेको छ।

राष्ट्रपति जुमाले आफ्नो राष्ट्रपति मुगाबेसंग टेलिफोन वार्ता भएको र उनले आफू गृह नजरबन्दमा रहेको तर सकुशल रहेको बताएका जनाए।राजधानी हरारेका सडकहरुमा बख्तरबन्द सवारी साधनहरुमा सवार सैनिकहरुले गस्ती गरिरहेका छन्।

दक्षिण अफ्रीकाका राष्ट्रपति जेकब जुमाले राष्ट्रपति रोबर्ट मुगाबेले आफू सकुशल रहेको तर निवासमा नै सिमित पारिएको बताएका जनाएका छन्।

अफ्रिकी संघले जिम्बाब्वेको सेनाले सत्ता लिएको कदम कुु जस्तो देखिएको जनायो।संघका अध्यक्ष तथा गिनीका राष्ट्रपति अल्फा कोण्डेले जिम्बाब्वेको सेनालाई उसको कारवाही रोक्न आह्वान गरेका छन्।

जिम्बाब्वेको सेनाले देशको नियन्त्रण आफ्नो हातमा लिएको छ।राजधानी हरारेका सडकहरुमा बख्तरबन्द सवारी साधनहरुमा सवार सैनिकहरुले गश्ती गरिरहेका छन्।सरकारी टेलीभिजनमा देखापर्दै एकजना सैनिक जेनरलले सेनाले विद्रोह नगरेको र ९३ वर्षिय राष्ट्रपति रोबर्ट मुगाबे सुरक्षित रहेको बताएका थिए।

सेनाले कुु गरेको नभई राष्ट्रपति वरपरका, उनकै शब्दमा, अपराधीहरुलाई निशाना बनाएको दावी गरे।तर यो सैनिक कार्वाहीको नेतृत्व कसले गरिरहेको छ भन्ने स्पष्ट छैन।

जिम्बाब्वेको विपक्षी पार्टीले राष्ट्रपति मुगाबेकी श्रीमती ग्रेस मुगाबे नामिबियातर्फ भागेर गएको बताएको छ, तर यो कुराको पुष्टि भएको छैन।

सेनाको यो कदम मुगाबेको बदलामा गत हप्ता बर्खासीमा परेका एकजना उपराष्ट्रपति एमर्सन मनांगागवालाई स्थापित गर्ने प्रयास हुन सक्छ।

गत हप्ता मनांगागवालाई बर्खास्त गरिएपछि रोबर्ट मुगाबेकी श्रीमती ग्रेस मुगाबे राष्ट्रपतिको उत्तराधिकारीका रुपमा देखापरेकी थिइन्।

राष्ट्रपति मुगाबेकी श्रीमति र एकजना उपराष्ट्रपति मनांगागवाबीचको प्रतिस्पर्धाका कारण सत्ताधारी जानु पीएफ पार्टी पनि विभाजित छ।यो जानु पीएफ पार्टीभित्रको आन्तरिक शक्ति संघर्ष हो, र यो संकटबाट जो विजयी भएर निस्कन्छ उसले नयां स्वरुपको पार्टी आफ्नो पक्षमा रहेको पाउने छ।

दक्षिणी अफ्रीकी विकास समुदाय एसएडीसीले जिम्बाब्वेमा विशेष दूतहरु पठाउने बताएको छ।उक्त समूहको अध्यक्षता गर्ने दक्षिण अफ्रीकाका राष्ट्रपति जेकब जुमाले त्यस्तो घोषणा गरेका हुन्।जिम्बाब्वेको सरकार र सेनाले, उनकै शब्दमा, वर्तमान मतभिन्नतालाई सौहार्दपूर्ण तरिकाले सल्टाउनु पर्ने पनि बताए।

युरोपेली संघले संकटको शान्तिपूर्ण समाधान र वार्ताका लागि आह्वान गरेको छ।ब्रिटेनले जिम्बाब्वेमा मतभेदका सबै पक्ष हिंसाबाट टाढा रहनु पर्नेमा जोड दिएको छ भने जिम्बाब्वेको सबैभन्दा ठूलो व्यापारिक साझेदार चीनले आफूले हरारेको स्थितिलाई नजिकबाट नियाली रहेको बताएको छ।

 

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News