HongKongNepali.com, The Next Media

Thursday
Dec 14th
Home नेपाल तथा विश्व समाचार चिनी र मल आयातमा भारतले अवरोध

चिनी र मल आयातमा भारतले अवरोध

E-mail Print PDF
AddThis Social Bookmark Button

२३ नोभेम्वर २०१७, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले गर्न लागेको चिनी र मल आयातमा भारतले अवरोध गरेको छ ।

भारतले बिनाकारण विभिन्न बहानामा नेपाल आयात हुन लागेको चिनी र मलको आयातमा अवरोध गरेको हो ।साल्ट ट्रेडिङले आयात गर्न लागेको १० हजार मेट्रिक टन चिनी र ४० हजार मेट्रिक टन मल हल्दियानाकामा रोकिएको छ । साल्ट ट्रेडिङका खरिद तथा बिक्रीवितरण शाखा प्रमुख पंकज जोशीले भारतले बिनाकारण असोजदेखि मल र चिनीको आयातमा अवरोध गरेको बताए । साल्ट ट्रेडिङले आयात गर्न लागेको १० हजार मेट्रिक टन चिनी र ४० हजार मेट्रिक टन मल रोकिएको उनले बताए ।

भारतले गत असोजदेखि चिनी र मल आयातमा अवरोध गरेपछि नेपालमा मलको समस्या सिर्जना भएको छ । साल्ट ट्रेडिङले सरकारी अुनदानमा ल्याउन लागेको मलको आयातमा भारतले अवरोध गरेको आपूर्ति मन्त्रालय संस्थान शाखा प्रमुख उर्मिला केसीले बताइन् । उनले पछिल्लो समय साल्ट ट्रेडिङको गोदाममा पनि मल नरहेको भन्दै मलको समस्या हुने संकेत गरिन् । ‘साल्ट ट्रेडिङका गोदाममा मल छैन,’ उनले भनिन्, ‘दसैंमा मल आयात भए पनि त्यसयता मल  र चिनीका आयात नै हुन सकेका छैनन् । पछिल्लो समय साल्ट ट्रेडिङका गोदाममा  मल नरहेको साल्ट ट्रेडिङका कर्मचारीले बताए । साल्ट ट्रेडिङ कर्पोरेसनसँग पछिल्लो समय १० हजार मेट्रिक टन चिनीको मौज्दात रहेको साल्ट ट्रेडिङ कर्पोरेसनले जनाएको छ । चिनीको सो परिमाणले मंसिरसम्म धान्ने र त्यति बेलासम्म समेत भारतको अवरोध नहटेमा चिनीको समस्या हुन सक्ने साल्ट ट्रेडिङका अधिकारीको भनाइ छ ।

मलको समस्या सिर्जना भएपछि भारतबाट भएको अवरोध हटाउन पहल गर्न साल्ट ट्रेडिङका कर्पोरेसनले कृषि विकास मन्त्रालयलाई आग्रह गरेको छ । सोमबार साल्ट ट्रेडिङ कर्पोरेसनका अधिकारी र कृषि विकास मन्त्रालयका अधिकारीबीच सो विषयमा छलफल भएको जनाइएको छ । कृषि विकास मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाले यस विषयमा आफूलाई जानकारी नभएको बताए ।यसको स्थायी समाधानका लागि कृषि विकास मन्त्रालयका अधिकारीहरूसँग सोमबार छलफल भएको बताए ।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News