HongKongNepali.com, The Next Media

Thursday
Dec 14th
Home नेपाल तथा विश्व समाचार ६५ प्रतिशतभन्दा बढी मतदाताले मतदान गरे

६५ प्रतिशतभन्दा बढी मतदाताले मतदान गरे

E-mail Print PDF
AddThis Social Bookmark Button

२६ नोभेम्वर २०१७, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि पहिलो चरणमा आइतबार उत्साहपूर्ण मतदान भएको छ । निर्वाचन आयोगको प्रारम्भिक विवरणअनुसार ६५ प्रतिशतभन्दा बढी मत खसेको छ । पहिलो चरणमा चुनाव भएका ३२ जिल्लामध्ये बाजुरामा सबैभन्दा बढी ८० प्रतिशत मत खसेको छ ।

दोस्रो चरणको चुनाव सकिएलगत्तै मतगणनाको काम सुरु हुने प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बताए । आइतबारका मतपेटिका सुरक्षित गरी जिल्ला सदुरमुकामस्थित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा संकलन गर्न थालिएको उनले बताए । ‘सबै मतपेटिका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतको प्रत्यक्ष रेखदेख, नियन्त्रण र व्यवस्थापनमा रहने व्यवस्था गरिएको छ,’ प्रमुख आयुक्त यादवले भने, ‘मतपेटिकाहरू मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सुरक्षा निकाय र राजनीतिक दल तथा उम्मेदवारको सहमतिमा विश्वसनीय ढंगबाट सुरक्षित स्थानमा राख्ने प्रबन्ध मिलाइएको छ ।

हिमाली र पहाडी ३२ जिल्लामा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदाताको सहभागितामा चुनाव भएको आयोगले जनाएको छ । प्रतिनिधिसभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभाका लागि ७४ क्षेत्रमा मतदान भएको हो । पहिलो चरणको निर्वाचनका लागि तय गरिएका ४ हजार ४ सय ६५ मतदान केन्द्रमध्ये दुईवटाबाहेक सबैमा शान्तिपूर्ण वातावरणमा मतदान भएको आयोगको दाबी छ ।

दोस्रो चरण अन्तर्गत आगामी मंसिर २१ मा हुने चुनावलगत्तै मतगणना सुरु हुने व्यवस्था मिलाइएको छ ।

स्थानीय तहको निर्वाचनपछि पहिलो चरणको चुनावमा जस्तै दोस्रो चरणको निर्वाचन सफल पार्न प्रमुख निर्वाचन आयुक्त यादवले आग्रहसमेत गरेका छन् । उनले भने, ‘स्थानीय चुनावपछि पहिलो चरणको चुनाव जस्तै गरी सरकार, राजनीतिक दल, उम्मेदवार, मतदाता, सुरक्षा निकाय, मित्र राष्ट्रलगायत सम्बद्ध सबैसँग सकारात्मक सहयोगका लागि आयोग आग्रह गर्दछ ।

आयोगका अनुसार दुईवटा मतदान केन्द्रमा मतपेटिकामा आगलागी भएका कारण मतदान स्थगित भएको छ । ‘पश्चिम रुकुम बाफीकोट गाउँपालिका वडा नं। ५ को रत्न मावि ‘क’ मतदान केन्द्र र सोही जिल्लाको आठबीसकोट नगरपालिका वडा नं। ११ स्थित राष्ट्रिय मावि गत्तसैना ‘ख’ मतदान केन्द्रमा मतपेटिकामा आगलागी भएको कारणबाट मतदान कार्य स्थगित भएको छ’, प्रमुख निर्वाचन आयुक्त यादवले भने । स्थगित भएका मतदान केन्द्रमा फेरि मतदान गर्ने व्यवस्था मिलाउन आयोगले निर्देशन दिइसकेको छ ।

पहिलो चरणअन्तर्गत प्रतिनिसिभामा २ सय ८२ जना उम्मेदवार चुनावी प्रतिस्र्धामा छन् । त्यसमध्ये २ सय ६६ जना पुरुष उम्मेदवार र १६ जना महिला उम्मेदवारबाट जम्मा ३७ जना विजयी हुनेछन् ।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News